नियम विपरित शुल्क अशुल्दा विद्यालय विवादमा

श्रावण ७ ÷ गोलञ्जोर गाउँपालिका वडा नं. ५ मा रहेको माध्यामिक विद्यालय नयाँखर्कमा नियम विपरित शुल्क असुल्दा विद्यालयका प्रधानाध्यापक विवादमा परेकोछ । २०७८ साल श्रावण १७ गते देखि संचालन हुने कक्षा ११ को परिक्षा सेवा शुल्क १ हजार लिने निर्णय पछि त्यस विद्यालयमा अध्ययनरत छात्र छात्राहरु, अभिभावकहरु र केही शिक्षकहरु प्रधानाध्यापकको उक्त निर्णय प्रति असन्तुष्ट बनेकाछन् ।

एउटै विद्यालयमा कक्षा ११ को परिक्षा संचालनको लागि सामाजिक सञ्जाल फसबुकमा एउटा सूचना र विद्यालयको सूचना पार्टीमा फरक सूचना प्रकाशित भएपछि विद्यार्थी तथा अभिभावकहरु असन्तुष्ट बनेका छन् । विद्यालयको प्र.अ.ले आफ्नो फेसबुक वालमा हालेको सूचनामा परिक्षा संचालन सम्बन्धी सूचना संप्रेषण गर्नुभएको छ भने विद्यालयको सूचनापार्टीमा परिक्षा सञ्चालन सहयोग शुल्क १ हजार भनेर उल्लेख गरिएकोछ ।
जब कि राष्ट्रिय परिक्षा बोर्डले अधिकत शुल्क ६ सय र प्रति विषय प्राक्टीकल शुल्क भनेर ७५ रुपैया सम्म लिन पाउने उल्लेख गरिएकोछ । तर विद्यालयले तोकिएको अधिकतम शुल्क भन्दा करिव ३ सय २५ रुपैया बढी प्रति विद्यार्थी शुल्क लिने सूचनामा उल्लेख गरिएकोछ । यस विषयमा उक्त विद्यालयका प्रधानाध्यापक मनोज कुमार शाह संग बुझ्दा उहाँले शुल्क वढी लिएको स्वीकार गर्नु भयो तर उहाँले यो आफ्नो एक्लो निर्णय नभई सम्पूर्ण शिक्षक कर्मचारीहरुको संयुक्त निर्णय हो । उक्त निर्णयको प्रतिलिपी आवाश्यक परेको खण्डमा देखाउन सक्ने उहाँले बताउनु भयो । यसरी वढी शुल्क लिन पाइन्छ त ? भन्ने क्लिक चौतारीको प्रश्नमा उहाँले “यो मलाई सरासर फसाउने नियत हो, यो हामी सम्पूर्ण स्टाफको संयुक्त निर्णय हो तर अहिले आएर मलाई फसाउन खोजियो । सुरुमा सबैले परिक्षा संचालन गरेर बाँकी रहेको पैसा विद्यालयको कोषमा राख्ने भनी निर्णय गर्ने अनि अहिले आएर यही कुरालाई लिएर मलाई फसाउन मिल्दैन । केही समय अगाडी एक जना शिक्षक विना जानकारी विद्यालयमा ४५ दिन अनुपस्थित भएको र विद्यालयमा पठन पाठन गर्न समस्या भएको थियो । पछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेपछि उहाँ विद्यायमा उपस्थित हुनु भयो र हामीले २५ दिनको तलब काटेपछीको यो मलाई फसाउने नियोजित षणयन्त्र हो ।” अनि अब यो तोकिएको शुल्क के हुन्छ भन्ने प्रश्नमा आगामी १२ गते पुन बैठक नियमानुसारको अधिकतम शुल्क मात्र लिइने प्र.अ. शाहले बताउनु भयो ।

विद्ालयकाे सूचना पाटीमा प्रकाशित सूचना
मा.वि. नयाँखर्ककाे प्र.अ. मनाेज कुमार शाहकाे फेसवुक वालमा प्रकाशित सूचना

यसै गरी सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको विरोध जनाउने उक्त विद्यालयका शिक्षक कृष्ण कुमार थापासंग बुझ्दा –“एउटै विद्यालयमा दुई वटा सूचना प्रकाशन गर्ने प्र.अ.को नियत नै खराव हो । उहाँ विद्यालयको प्रमुख भईसकेपछि नियममा चल्नु पर्छ न कि अन्य शिक्षकको इसारामा चल्ने ? उहाँलाई नियमानुसार कडा कार्वाही हुनु पर्छ अन्यथा कक्षा ११ को तोकिएको परिक्षा कुनै पनि हालतमा संचालन हुन दिदैनौं ।” उहाँले बताउनु भयो ।

यस सन्दर्भमा समाचार बनाउदै गर्दा गोलञ्जोर गाउँपालिकाका वि.नी. ठाकुर प्रसाद दाहाल सरसँग बुझ्न खोज्दा उहाँलाई सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published.