राष्ट्रपति भण्डारीद्धारा सिन्धुलीगढी युद्व संग्राहलयको उद्धाटन

सिन्धुलीगढी/ सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढीमा आज राष्ट्रपटि विद्यादेवी भण्डारीले नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्राहलयको उद्धाटन गर्नुभयो ।

कमलामाई नगरपालिकाको सहकार्यमा नेपाली सेनाले निर्माण गरेको उक्त संग्राहलय ६ करोड ५० लाख रुपैया लागतमा निर्माण सम्पन्न भएको हो ।

वि.सं. २०७६ साल कार्तिक २४ गते राष्ट्रपति भण्डारीकै हातबाट शिलान्यास गरि आज उद्घाटन गरिएको संग्राहलय ६ हजार २८१ सक्वायर फिट क्षेत्रफलमा फैलिएकोछ । ६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने सिन्धुलीगढीका अन्वेषणकर्ता सागर ढकालले बताए ।

विभिन्न वीर योद्वाहरु र उक्त समयमा प्रयोग भएका हातहतियारबाट सुसज्जित संग्राहलयको उद्धाटन गर्नको लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टेरमार्फत आउनु भएको थियो ।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक सोही समारोहमा अनावरण गर्नुभएको थियो । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो ।

ऐतिहासिक युद्धस्थलम आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभएको हो । नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो ।

संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशनगर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ । नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.