नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाको निर्वाचन २०८१ साल मंसिर २८ गते सफलतापूर्वक सम्पन्न भएको छ। सिन्धुली शाखाको अध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका बाबुराम देवकोटा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि प्रेस सेन्टरका तर्फबाट नवीन श्रेष्ठ र प्रेस युनियनका बागी उम्मेदवार टिकाजंग थापा प्रतिस्पर्धामा थिए।
मतपरिणाम:
- बाबुराम देवकोटा: २९ मत (विजयी)
- नवीन श्रेष्ठ: २७ मत
- टिकाजंग थापा: १८ मत
- १ मत बदर
निर्वाचनमा जम्मा ८४ सदस्यहरूमध्ये ७५ जनाले मतदान गरेका थिए। निर्वाचनमा विभिन्न पदका लागि प्रतिस्पर्धा भएको थियो, जसमा नयाँ कार्यसमिति चयन भएको छ।
निर्वाचित कार्यसमिति:
- अध्यक्ष: बाबुराम देवकोटा
- उपाध्यक्ष: उर्मिला भट्टराई
- उपाध्यक्ष (महिला): गीता घिमिरे
- सचिव: नवीन बाबु अधिकारी
- सह-सचिव (खुला): बासु मैनाली
- सह-सचिव (समावेशी): प्रतिमा जिसी
- कोषाध्यक्ष: अनिल भण्डारी
सदस्यहरू:
- उद्धव कुमार श्रेष्ठ (जनजाति)
- यम कुमार चौलागाईं (खुला)
- रविन्द्र भट्टराई (खुला)
- गोमा श्रेष्ठ (खुला)
- विशाल स. संकर (खुला)
- झलक कुमारी रजन (खुला)
- मनिषा फुयाल (निर्विरोध)
- ललिता हायु (निर्विरोध)
- गङ्गा बिसुन्खे (दलित महिला, निर्विरोध)
केन्द्रीय पार्षद:
- राजकुमार कार्की (निर्विरोध)
- लक्ष्मण घिमिरे (निर्विरोध)
- अञ्जु तामाङ (निर्विरोध)
प्रदेश पार्षद:
- कृष्ण अधिकारी (निर्विरोध)
- सन्तोष बुढाथोकी (निर्विरोध)
- रोहित गुरुङ (निर्विरोध)
पत्रकारिताको उज्ज्वल भविष्यको अपेक्षा
यस निर्वाचनले सिन्धुलीका पत्रकारहरूलाई संगठित गर्ने र पेशागत विकासका लागि नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। अध्यक्ष बाबुराम देवकोटाले नेतृत्वको कार्यकालमा पत्रकारिताको हकहित र संस्थागत सुधारका क्षेत्रमा विशेष योगदान पुर्याउने विश्वास गरिएको छ।
निर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ।
Discussion about this post