• समाचार
  • कृषि/उद्यमी
  • अन्तरवार्ता/विचार
  • खुल्ला मञ्च
  • प्रविधि
  • खेलकुद
  • घुमघाम/मनोरन्जन
  • न्यु फेस
  • युनिकोड
×
☰
    • समाचार
    • कृषि/उद्यमी
    • अन्तरवार्ता/विचार
    • खुल्ला मञ्च
    • प्रविधि
    • खेलकुद
    • घुमघाम/मनोरन्जन
    • न्यु फेस
    • युनिकोड

ट्रेण्डिङ :

    भलिवल ब्लु अल्पाइन क्लब आगलागि
Advertisement

गोसाईकुण्ड यात्रा सम्बन्धि जानकारी

  •  क्लिक चौतारी संवाददाता
  • २०८० बैशाख १०, आईतवार ०४:२६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    गोसाइकुण्ड रसुवाको तत्कालिन स्याफ्रु गाविस भित्र पर्ने सुन्दर स्थानहो जुन लाङटाङ्ग रास्ट्रिय निकुञ्ज भित्र पर्दछ । यसकालागि सुन्दरीजलहुदै गोल्फु भञ्ज्यांग, कुटुमसाङ्ग हुदै जाने बाटो, मेलम्चीहुदै जानेबाटाहरु पनि छन् । पानी प्रशस्त भएको हेलम्बु क्षेत्रबाट अहिले काठमाडौ पानी लगिदै छ । यहि स्थानबाट उकालो लाग्ने एउटा बाटो जान्छ जहाँ सफा तथा सुन्दर खोलाहरु मेलम्ची खोलातिर बग्छन् । यहि खोलाको किनार हुदै गोल्फू भञ्यांगको बाटो लाग्छ भने कच्ची बाटोले जोडिई सकेको गोल्फूको बाटोमा हिउदमा बस सेवा सञ्चालनमा हुने गर्दछ छ । गोल्फूको बाटोमा रहेको ग्याल्थुम बजारमा धेरै शुलभ र मीठो खाना खान र बस्नको लागि कोठा उपलब्ध हुन्छ ।

    यहिउकाली चढेर गोल्फुभञ्ज्यांग पुगिन्छ भने यो शरद ऋतुको समय विभिन्न किसिमका जंगलीफूलहरु फूलेर यो बाटो नै सुन्दर बनाएको हुन्छ ।

    त्यहाबाट मेलम्ची – काठमाडौ खानेपानीको टनेल हुदै उकालो २ घण्टा हिडेपछि गोल्फुभञ्ज्यांग पुगिन्छ । जुन नुवाकोट जिल्लाको तत्कालिन बेतेनी गाबिसको एउटा सानो बजार हो । जहाँ हरेकदिन गोसाईकुण्ड यात्रा आउने जाने आन्तरीक तथा बाह्य पर्यटकको घुँइचो हुन्छ । एक रात बसेर रमाइलो गर्नकालागि यो स्थान पनि साह्रै उपयुक्त छ । यहाँ बाट गोसाईकुण्डको पूर्ब पाटा देखिन्छ ।

    कुटुमसांङ्गबाट फेदिहुदै लगभग २ दिनको यात्रा पछि गोसाईकुण्डको माथिल्लो भागमा पुगिन्छ जहाँ सूर्यकुण्ड रहेको छ भने यसको उचाई ४७०० मिटर रहेको छ । उच्च क्षेत्र भएका कारण यहाँ अक्सिजनको कमिले गर्दा सरासर हिड्न गाह्रो हुन्छ । बर्षाको समयमा जम्माहुने पानी, हिउदको हिउँ र थोरै इभ्यापोरेशनका कारण पानी संधै यहाँका कुण्डहरुमा भरि देखिन्छ भने पानीको श्रोतबाट पनि निरन्तर बगिरहेको हुन्छ ।


    जम्मा १०८ वटा साना तथा ठूला कुण्ड रहेको यो स्थानमा बिहान ११ बजे सम्म खुल्ला रहेको आकाश मध्यान्हमा हुस्सुभित्र हराउँछ । सूर्यकुण्डबाट गोसाईकुण्ड लाग्दाको तेर्सोबाटो साह्रै नै सुन्दर छ । पर बरदान कुण्ड त्यहाँ माथि पहाड अनिपारि गणेश हिमाल टलक्क टल्किन्छ ।

    लगभग १ किमीको दुरीपार गर्दा ८–९ वटा साना ठूला कुण्डहरु भेटिईन्छन् अनि पुगिन्छ गोसाईकुण्ड जुन ४३०० मिटर उचाईमा रहेको छ भने तीनवटा पानीको मुहानबाट पानी निरन्तर कुण्डमा गइरहेको देख्न सकिन्छ भने सोहि मुहान महादेवले बिषको असर कमगर्न त्रिशुलहानेर निकालेको जनविश्वास हिन्दु धर्मालम्बिहरुमा रहेको छ जसको कारण खोलाको नाम त्रिशुली रहन गएको हो । यहि स्थानबाट मानिसहरुले जल लाने गर्दछन् । यो स्थानको तापक्रम निकै नै कम रहेकोछ त्यसैले बिहानपख पानी जमेको हुन्छ । खान र बस्नका लागि तीन चारवटा होटलहरु पश्चिम किनारामा रहेको छ ।

    यो कुण्ड निकै ठूलो छ जसको नजीक माथितिर तीनवटा सानासाना कुण्ड संगसगै रहेको छ भने यो कुण्डलाई एक फन्को मार्नका लागि एक घण्टा समय लाग्छ । यहाँ यातायातको सुविधा नभएकोले घोडा र खच्चरबाट सामान ढुवानी गरिन्छ ।

    यस कुण्डको ठीक मुनि भैरबकुण्ड रहेको छ भने अन्तिम कुण्ड सरस्वती कुण्ड हो । भैरबकुण्ड सबैभन्दा गहिरो कुण्ड हो यो लगभग पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । मानिसहरु यस कुण्डमा लुकेको नागले तान्ने जनविश्वासका कारण स्नान गर्दैनन् । रसुवाको राम्चे अनि बेत्रावती तिरबाट पैदल आउनेबाटो यहाआएर मिसिन्छ । गोसाईकुण्डको पानी भैरबकुण्ड हुदै सरस्वतीकुण्डमा खस्दछ र त्यसबाट निस्किएको पानीबाट एउटा सुन्दर झरना बन्दछ । यहि महादेवले त्रिशुल हानेर निकालेको पानी खोला भएर बगेपछि यसको नाम त्रिशुली रहन गएको स्थानीयको भनाई छ ।

    यस कुण्ड देखि लगभग ३ घण्टा पश्चिम हिडेपछि करिव ३९०० मिटरको उचाईमा लौरीबिना पर्दछ जहाँ तीन चारवटा होटल रहेको छ र त्यस भन्दा मुनि चोलांङ पाटी अनि सिंगुम्बा रहेको छ । सिंगुम्बामा अवस्थित चीज फ्याक्ट्रिबाट उत्पादित चौरीको चीज राम्रो गुणस्तरको रहेको छ जुनकिनेर खानपनि सकिन्छ । यस स्थानहरुमा पसल भित्र टोपी स्वेटरहरु बिक्रीकालागि राखिएका हुन्छन् । गोसाईकुण्ड भित्रकुनै मोबाइलले कामगर्दैन भने अन्य स्थानमाएन सेलको फोन प्रयोग गर्न सकिन्छ । यहि देउराली तिर जाने ओह्रालो बाटो हुदै धुञ्चे पुगिन्छ ।

    यस धुन्चेबाट काठमाडौ जाने तीनवटा बाटाहरु रहेका छन् । पहिलो रानीपौवा हुदै काठमाण्डौ जाने, अर्को धादिंग गल्छी हुदै थानकोट जानेछ भने अर्को शिवपुरीबाट पनि काठमाण्डौ जान सकिन्छ । धुन्चेबाट काठमाडौ जानेबाटोमा साह्रैसुन्दर खोलाहरु भेटन सकिन्छ भने अर्को तर्फ रसुवा गढीतिर जाने बाटो रहेको छ ।

    बिदेशी पर्यटक मात्र नभएर आन्तरिक पर्यटकहरुको चाप पनि अहिले उत्तिकै देखिने यो ठाउमा गणेश हिमाल र लाङटाङ हिमाल अर्को सुन्दर गन्तब्यहरु हुन् । नोभेम्बर महिनापछि यस स्थानका रमणीय स्थानहरुमा यात्रा असम्भब हुन जान्छ भने मार्च अप्रिल देखि पुन ः यात्राकालागि उपयुक्त वातावरण बन्न जान्छ । विभिन्न रंगका गुराँस फुल्ने यो स्थान त्यस समय अझ सुन्दर देखिन्छ ।

    क्लिक चौतारीका लागी फोटो पत्रकार
    हेमन्त चेम्जोङ्ग, धनकुटा

    Post Views: 81
    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार ०४:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न
    विहे नगरी बच्चा जन्माउने इच्छा छ, त्यो पूरा गर्छु : नायिका नम्रता श्रेष्ठ
    पूनम घले गुरुङ
    Advertisement
    ताजा अपडेट
    • १. आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    • २. गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

    • ३. देश जाेगाउने अभिभारा अब गाेदारकाे हाे : विनाेद गाेदार थापा

    • ४. बिनाेद गाेदारथापासँग प्रश्न उत्तर

    • ५. प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ३०८४७८/०७९/०८०
    सूचना विभाग :  ३९११/०७९/०८०
    प्रेस काउन्सिल : ३९२१

    सम्पर्क

    लेकाली संचार नेटवर्क प्रा.लि.

    कमलामाइ नगरपलिका-६, पानीट्यान्की, सिन्धुली
    Email: clickchautari@gmail.com

    Phone : +९७७-९८५४०४११३४

    हाम्रो टीम

    अध्यक्ष : कमला रोक्का
    प्रधान सम्पादक : नेत्र बिक्रम थापा
    सम्पादक : राधिका बुढाथोकी
    लेखक : सन्तोष शर्मा

    सामाजिक संजाल

    © 2023 Click Chautari . All Rights Reserved.