• समाचार
  • कृषि/उद्यमी
  • अन्तरवार्ता/विचार
  • खुल्ला मञ्च
  • प्रविधि
  • खेलकुद
  • घुमघाम/मनोरन्जन
  • न्यु फेस
  • युनिकोड
×
☰
    • समाचार
    • कृषि/उद्यमी
    • अन्तरवार्ता/विचार
    • खुल्ला मञ्च
    • प्रविधि
    • खेलकुद
    • घुमघाम/मनोरन्जन
    • न्यु फेस
    • युनिकोड

ट्रेण्डिङ :

    बरुण लामिछाने प्रेस यूनियन भलिवल ब्लु अल्पाइन क्लब आगलागि
Advertisement

विहे नगरी बच्चा जन्माउने इच्छा छ, त्यो पूरा गर्छु : नायिका नम्रता श्रेष्ठ

  •  क्लिक चौतारी संवाददाता
  • २०८० बैशाख १०, आईतवार ०४:५८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नायिका नम्रता श्रेष्ठले आफूसँग जोडिएर आएको प्रेमको चर्चालाई नकार्न नसक्ने बताएकी छन् ।

    न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै आफू धेरै कोएक्टरसँग सँगत गर्नु परिरहेको अवस्थामा बाहिर आउने प्रेमका चर्चाहरुलाई नकार्न नसक्ने उनले बताएकी हुन्।

    ‘कहिले काँही आफूसँगै अभिनय गरिएको ‘को एक्ट’सँग बसिन्छ । चिया कफी खाइन्छ बोलिन्छ । साथी सर्कल भनेको त्यही हो,’ उनले भनिन् ‘ त्यसरी देख्दा देख्दै अफियर छ भनेर न्यूज आउछ भने म इजी वेमा लिन्छु । कता लुकाउनु सबै।’

    उनले हालको अवस्थामा सिंगल रहेको पनि खुलाएकी छन् । विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको उनले बताइन् । त्याे पूरा गर्ने समेत उनले बताइन् ।

    ‘साच्ची भन्दा खेरी बिहे चाही होइन, बच्चा चाही पाउन मन छ मलाई’, बिहे नगरी बच्चा पाउने पक्षमा हो तपाई ? भन्ने दोहोरो प्रश्नमा उनले भनिन् ‘समयले के मोड लिन्छ मलाई थाहा छैन । तर म बच्चा चाही पाउँछु । बिवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ । आगामी दिनमा । किन भने हामीले नै विस्तारै समाज परिवर्तन गर्नु पर्छ।’

    विस्तारै नेपाली समाज परिवर्तन हुँदै आएको बताउदै उनले सिंगल आमा बन्न पाउने अधिकारले वैधानिकता पाउदै गएको उनले बताइन् ।

    उनले सोही अनुसार नै सिंगल मोदर बन्न चाहेको बताइन् । ‘विहे अहिले चाहदिन तर बच्चा चाहन्छु । त्यसको लागि ३\४ वर्ष भित्रमा मेरो विवाह भएन भने पनि म बच्चा चाही पाउछु होला,’ उनले भनिन् ‘विहे नै नगरी पनि त बच्चा पाउन सकिन्छ होलानी अहिले धेरै माध्यमहरु छन् । भविश्यमा यो हुनसक्छ।’

    विवाहको विरोधि आफू नभएको भन्दै इच्छाको आदर गर्ने पक्षमा रहेको उनको भनाइ छ ।

    ‘इच्छा लाग्यो विवाह गर्ने लागेन नगर्ने फोर्स फुल्ली नगरौँ भन्ने हो । यस्तै इच्छाको रेस्पेक्ट गर्न चाहन्छु म’ – उनले भनिन् ।

    आफ्नो इच्छा चाहनाको बारेमा बुबा-आमा पूर्ण कन्भिन्स भएको उनले बताइन् । घरमा पनि यो विषयलाई लिएर बुबा आमालाई बच्चा ‘एडप्ट’ गर्ने बारेमा बताउदा सकारात्मक प्रतिकृया आएको उनले सुनाइन् । यद्यपि बुबाले भने विवाह पछि ‘एड्प्ड’ गर्न सुझाएको उनको भनाइ छ ।

    सिंगल आमाले नागरिकता दिन पाउने कानूनले पनि आफ्नो इच्छालाई अझ प्रोत्साहन दिएको उनको भनाइ छ । ‘जुन कानूनी नै भइसकेको भए किन नगर्ने ? भन्ने मनमा आइरहेको छ’- उनले भनिन् ।

    पुरुष प्रतिको नकारात्मक धारणाका कारण नभइ पोजेटिभ व्यक्ति नपाएकोेले यो अवधारणा आएको उनको भनाइ छ । आफूलाई धेरै मायाँ गर्नै पुरुषहरु हुँदा हुँदै पनि विवाह भन्दा आफू व्यक्तिगत इच्छाका कारण यो खालका कुराहरुमा जोड दिएको उनको भनाइ छ ।

    Post Views: 213
    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार ०४:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पुर्णिामाको जुन झै सार्वजनिक
    गायक थानेश्वर गौतमको स्वर र संगीतमा ‘फुर्के धागो २’ बोलको गीत सार्वजनिक
    आफ्नै प्रोडक्शन हाउसबाट ‘ब्लर’ निर्माण गर्दै तापसी
    Advertisement
    ताजा अपडेट
    • १. पुर्णिामाको जुन झै सार्वजनिक

    • २. सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीमा कार्की चयन

    • ३. सहकारी सस्थाको सिन्डिकेट विरुद्ध किसानहरु

    • ४. नेपाल प्रेस युनियन सिन्धुली को ७ औं अधिवेशन बाट लामिछाने चयन

    • ५. आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ३०८४७८/०७९/०८०
    सूचना विभाग :  ३९११/०७९/०८०
    प्रेस काउन्सिल : ३९२१

    सम्पर्क

    लेकाली संचार नेटवर्क प्रा.लि.

    कमलामाइ नगरपलिका-६, पानीट्यान्की, सिन्धुली
    Email: clickchautari@gmail.com

    Phone : +९७७-९८५४०४११३४

    हाम्रो टीम

    अध्यक्ष : कमला रोक्का
    सम्पादक : नेत्र बिक्रम थापा
    सम्वाददाता: सरोज राउत,

    इश्वर थापा,

    रेश्मा थापा
    लेखक : सन्तोष शर्मा

    सामाजिक संजाल

    © 2023 Click Chautari . All Rights Reserved.