एशियन च्याम्पियनशीप खेल्नबाट नेपाल बञ्चित


काठमाडौं । मित्र राष्ट्र फिलिपिन्समा आगामी भदौ १३ देखि २० गते (अगष्ट २९ देखि सेप्टेम्बर ५, २०२१) सम्म आयोजना हुने २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनशीप २०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ ।

नेपालको महिला टिमको पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा तथा ठूला राष्ट्रहरुसंग प्रतिस्पर्धा गरि अनुभव बटुल्ने ईच्छा र चाहनामा तुषारापात भएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको अति सम्वेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत् नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ ।

यसले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुग्न गएको छ । नेपाली खेलाडीहरुले यति ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठूलै तयारी गरिरहेको थियो ।

यसका साथै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *