हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा सावुन वनाउने तालिम सम्पन्न


हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा संचालन गरेको ७ दिने लुगाधुने साबुन बनाउने सिप विकास तालिमको आज सम्पन्न भएकोछ । उक्त तालिम समापन कार्यक्रममा प्रमुख अतिथी शंकर बरालले समग्र गोलञ्जोरको विकास स्थानिय सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा मात्र सिंगो गाउँपालिकाको विकास गर्न सम्भव हुने भएकोहुँदा कार्यपालिकाको पहिलो वैठकमा नै सहकारीको छुट्टै डेक्सको स्थापना गरिएको बताउनु भयो । साथै उहाँले तालिममा सहभागिहरुले यदि उद्योगक स्थापना गराउने हो भने उद्यमीहरुलाई आफुहरुले सोही किसिमको साना तथा मझौला प्रविधिमा सहायता उपलब्ध गराउने बताउदै तालिमलाई ब्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

यसै तालिम समापनको अवसरमा सहकारी संस्थाका प्रवन्धक संचालक सुमन विक्रम थापाले सहकारीको अवधारणा प्रस्तुत गर्दै यदि स्थानिय सरकारले लगानीको वातावरण तयार गर्नेहो भने गोलञ्जोर गाउँपालिकाको वडा नं. ५ लाई नमुना सहकारी गाँउ निर्माण गर्नको लागि आफुहरु लागिपर्ने बताउनु भयो । साथै उहाँले प्रमुख अतिथी बराललाई कृषि, पर्यटन र उद्योग स्थापनाको लागि अवधारणपत्र प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बासुदेव घिमिरेले अवधारणापत्र पालिका अध्यक्ष र वडा अध्यक्षलाई हस्तान्तरण गर्नुभयो ।

आफ्ना सदस्यहरुलाई सिप सिकाई आत्मानिर्भर बनाई आयआर्जनमा वृद्धि गराउने उद्देश्यले सिपविकास सम्बन्धी तालिम संचालन गरिएको तालिममा सिपविकास सम्बन्धी ७ दिने तालिमलाई जगदम्बा पन्त (लेखक)ले सहजीकरण गर्नु भएको थियो । समापन गर्ने क्रममा उहाँले सहभागीहरुको उत्साहजनक र सक्रिय सहभागिता रहेकोले यसलाई तालिम लिएर प्रमाणपत्र झुण्ड्याउने मात्र नभई आफुले सिकेको सिपलाई ब्यवहारमा उतारेर उद्यमी बन्न आग्रह समेत गर्नुभयो ।

१९ जना सहभागि रहेको सिप विकास तालिममा गोलञ्जोर गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेलि, वडा नं. ३ का वडाअध्यक्ष के.पी. पोख्रेल, नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु दिपेश बराल र लाल बहादुर श्रेष्ठ र लालिगुराँस सामुदायिक वनका अध्यक्ष डम्बर विक्रम बस्नेतको आतिथ्यता रहेको थियो । यसैगरी समापन कार्यक्रममा स्थानीय शिक्षक शान्ति बहादुर बानियाले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन विवश थापाले गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *