भरखरैमात्र २०८१ सालकाे एस.इ.इ. परीक्षा सकिएपछि विद्यार्थीहरू फुर्सदमा छन । केही विद्यार्थीहरुले अबकाे योजना बनाइसकेका छन भने केही अन्योलमै छन । अधिकांश अभिभावकहरू आफ्ना छोराछोरीको भविष्यलाई लिएर चिन्तित हुन्छन । एस.इ.इ. पछिको यो लामो समयलाई सही तरिकाले सदुपयोग गर्न सकियो भने भविष्यमा उत्कृष्ट अवसरहरू प्राप्त गर्न सकिन्छ ।
आजको प्रतिस्पर्धात्मक युगमा केवल किताबी ज्ञान मात्र पर्याप्त हुँदैन । व्यावहारिक सीपले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै आम्दानीको नयाँ ढोका खोल्छ । त्यसैले, यो समयलाई उपयोग गरी आफुलाई आवश्यक पर्ने विभिन्न सीप सिक्न जरुरी छ । यसै कुरालाइ मध्येनजर गदै हामीले एस.इ.इ. दिएर बसेका भाइवहिनीहरुको लागी जीवन उपयोगी हुने केही टिप्सहरु प्रस्तुत गरेका छौ । यसले भाइवहिनिको लागी एउटा मार्गदर्शन हुन सक्छ भन्ने विश्वास गरिएकोछ ।
सीप सिकाइः भविष्यको लगानी
नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । तर, केवल किताबी ज्ञानको भरमा जागिर पाइने युग सकिएको छ । व्यावहारिक सीप भएकाले मात्र प्रतिस्पर्धात्मक श्रम बजारमा स्थान पाउन सक्छन । त्यसैले, एस.इ.इ. पछिको खाली समयलाई बेकारमा बिताउनुको सट्टा विभिन्न सीपहरू सिक्नाले भविष्यमा स्वावलम्बी बन्न सकिन्छ ।
कुन–कुन सीप सिक्न सकिन्छ?
नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च माग भइरहेका विभिन्न सीपहरूको सूची र विवरणहरु हामीले यस प्रकार प्रस्तुत गरेका छौ जसले भाइवहिनीहरुको लागी जीवन उपयोगी सीप मात्र नभइ मार्गदर्शन पनि हुन सक्दछ ।
१. फोटोग्राफी र भिजुअल स्टोरीटेलिङ
आजको डिजिटल युगमा फोटोग्राफी मात्र सौखको विषय रहेन । व्यावसायिक फोटोग्राफरहरू सामाजिक सञ्जालमा चर्चित छन र राम्रो आम्दानी गर्छन । यस कोर्सभित्र क्यामेरा सञ्चालन, फोटो एडिटिंग, लाइटिङ, एंगलिङ, मोबाइल फोटोग्राफी आदि पर्दछन । यसलाई सिक्न लाग्ने समय १५ दिन देखि १ महिना सम्म हुन्छ । यो कोर्ष सिक्नको लागी सरदर रु ५ देखि १५ हजार सम्म लिने गर्दछन् । यो कोर्ष अनलाइन र भौतिक दुवै उपलब्ध हुन्छ ।
भविष्यको सम्भावनाः इभेन्ट फोटोग्राफर, फेसन फोटोग्राफर, प्रोडक्ट फोटोग्राफर, ट्राभल फोटोग्राफर, फोटो स्टुडयिो संचालन आदि यो सिप सिकेर गर्न सकिने ब्यवसायहरु हुन ।
२ भिडियो ग्राफी र भिडियो एडिटिङ
युट्युब र डिजिटल मिडियाको बढ्दो प्रभावका कारण भिडियोग्राफीको बजारमा माग उच्च रहेको छ । भिडियोग्राफी सिक्नाले डिजिटल मिडियाको पकडमा आफ्नो राम्रो प्रभाव छाडन सकिन्छ । यस कोर्ष भित्र प्रोफेशनल भिडियोग्राफी, भिडियो सुटिङ, एडिटिङ सफ्टवेयर (Premiere Pro, After Effects) आदि पर्दछन् । यो कोर्ष सिक्नको लागि १ देखि २ महिना सम्म लाग्दछ । भने यो कोर्स सिक्नको लागि रु १० देखि २५ हजार सम्म लागत लाग्न सक्दछ । यो कोर्ष अनलाइन र भौतिक दुवै रुपमा हुन्छ तर यसको लागि अरुभन्दा हाइ कन्फ्रीगेशनको कम्प्युटरको आवाश्यकता पर्दछ । भविष्यको सम्भावनाः फिल्म इडिटर, युट्युबर, कन्टेन्ट क्रिएटर, डिजिटल मार्केटिङमा करियर आदि पर्दछन ।
३. बेसिक देखि एडभान्स कम्प्युटर तालिम ः डिजिटल युगको अनिवार्य सिप
आजको डिजिटल युगमा कम्प्युटर ज्ञान अनिवार्य बनिसकेकोछ । चाहे विद्यार्थी होस, ब्यवसायी, जागिरे वा उद्यमी सबैलाई कम्प्युटर सञ्चालन गर्न आउनु जरुरी बनेकोछ । यो कोर्षमा माइक्रोसफ्ट अफिस, टाइपिङ्ग, डेटा एन्ट्री, इन्टरनेट सिकाइ आदि पर्दछ । यो कोर्ष सिक्नको लागि १ देखि २ महिना सम्म लाग्दछ भने यसको लागित रु ५ देखि १५ हजार सम्म लाग्दछ ।
भविष्यको सम्भावनाः अफिस एडमिन, डेटा एनालिस्ट, कस्टमर सपोर्ट आदि ।
४. ग्राफिक्स डिजाइन (एडव फोटोसप, इलस्ट्राटर
आजको डिजिटल दुनियामा ग्राफिक्स डिजाइन एक अत्यावश्यक सीप बनिसकेकोछ । चाहे ब्यवसाय प्रवर्धन होस, सामाजिक सञ्जाल ब्यवस्थापन होस वा विज्ञापन निर्माण – सवै क्षेत्रमा ग्राफिक्स डिजाइनको भूमीका महत्वपूर्ण छ । तपाइलाई सिर्जनात्मक काम मनपर्छ भने ग्राफिक्स डिजाइन सिकेर राम्रो आम्दानी लिन सक्नुहुन्छ ।
ग्राफिक्स डिजाइन भनेको चित्र, अक्षर, रंग र लेआउटको संयोजन गरेर आकर्षक दृश्य सामग्री निर्माण गर्ने कला हो । यो डिजिटल मार्केटिङ्ग, ब्राण्डिङ्ग, विज्ञापन तथा वेव डिजाइन जस्ता क्षेत्रमा अत्यन्त महत्वपूण रहेकोछ । यो कोर्ष सिक्नको लागि १ देखि २ महिना सम्म लाग्छ, भने यसको लागत रु १० देखि २० हजार सम्म पर्न आउछ ।
भविष्यको सम्भावनाः ग्राफिक्स डिजाइनर, मार्केटिङ एसोसिएट, फ्रीलान्सिङ अवसर आदि पर्दछन् ।
५. वेब डिजाइन र मोबाइल एप्लिकेशन विकासः
आजको डिजिटल युगमा वेव डिजाइन र मोबाइल एप्लिकेशन विकास अत्यावश्यक सीपहरु मान्छिन । ब्यवसाय, शिक्षा, मनोरञ्जन तथा ई–कमर्स सबै डिजिटल माध्यममा निर्भर हुँदै गएकाछन् । जसको कारण वेवसाइट र मोबाइल एप्लिकेशन बनाउने सीपको माग दिनप्रतिदिन बढ्दै गएकोछ । यदि तपाई प्रविधिमा रुचि राख्नुहुन्छ भने यी सीपहरु सिकेर राम्रो करियर सुरुवात गर्न सक्नुहुन्छ ।
वेबसाइट निर्माण र मोबाइल एप्लिकेशन बनाउने सीप सिक्दा राम्रो आम्दानी गर्न सकिन्छ । यो कोर्षमा HTML, CSS, JavaScript, WordPress, Flutter आदि सिक्न सकिन्छ । यस कोर्ष सिक्नको लागि २ देखि ३ महिनामा वेशिक कोर्ष गर्न सकिन्छ । यो कोर्ष सिक्न सामान्यतया १५ देखि ३० हजार सम्म लाग्दछ ।
भविष्यको सम्भावनाः वेब डिजाइनर, एप डेभलपर, फुलस्ट्याक डेभलपर आदि ।
६. कोडिङ र प्रोग्रामिङ
कोडिङ्ग सिक्नु भनेको भविष्यको लागी वुद्धिमतापूर्ण लगानी हो । चाहे तपाई नयाँ स्टार्टअप सुरु गर्न चाहनुहुन्छ या जागिर खाने सोचमा हुनुहुन्छ वा फ्रिलान्सिङ्ग गर्न चाहनुहुन्छ भने कोडिङ्ग सिकेर तपाई आफ्नो भविष्य सुरक्षित बनाउन सक्नुहुन्छ । यदि प्रविधिमा रुचि छ भने कोडिङ्ग सिक्नाले उच्च आम्दानीको अवसर प्राप्त गर्न सकिन्छ । यो कोर्षमा Python, Java, C++, JavaScript, AI Development आदि सिक्न सकिन्छ । यो सिक्ने समय अवधि २ देखि ६ महिना सम्म लाग्दछ भने यो कोर्ष सिक्न रु १५ देखि ५० हजार सम्म लाग्दछ ।
भविष्यको सम्भावनाः सफ्टवेयर इन्जिनियर, वेब डेभलपर, गेम डेभलपर आदि यो कोर्ष भित्र पर्दछन् ।
एस.इ.इ. पछि यो समयलाई सुतेर वा टाइमपास गरेर मात्र बिताउनु भन्दा कुनै न कुनै सीप सिकेर जीवन उपयोगी बनाउनु राम्रो हुन्छ । सीप सिकेपछि फ्रीलान्सिङ, जागिर, वा आफ्नो व्यवसाय थाल्न सकिन्छ ।
अब ढिलो नगरी आफ्नो रुचि अनुसारको सीप छनोट गरेर सिक्न सुरू गर्नुहोस । तपाईंले कुन सीप सिक्ने योजना बनाउनु भएको छ ? तल कमेन्टमा बताउनुहोस ।