clickchautari.com

नेपाल प्रेस युनियन सिन्धुली को ७ औं अधिवेशन बाट लामिछाने चयन

सिन्धुली । नेपाल प्रेस युनियन, सिन्धुलीको सातौं अधिवेशनबाट बरुण लामिछानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । जिल्ला शाखाको अधिवेशन अन्तर्गत गठित निर्वाचन कार्यदलले लामिछानेलाई अध्यक्ष बनाएको हो ।
त्यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्षमा पुष्कर थापा, समावेशी उपाध्यक्षमा रमादेवी फुर्याल, सचिवमा कल्पना भुजेल, सहसचिवमा गुणाकुमारी मगर र कोषाध्यक्षमा शर्मिला खड्कालाई चयन गरेको छ ।

त्यस्तै कार्य समिति सदस्यहरुमा क्रमशः अर्जुन गजुरेल, असोक काफ्ले, गंगा विशुङखे, प्रतिक्षा कार्की, पुनम सुनुवार, जितेन्द्र कुमर, केसरी भुजेल (आयुषा), नवराज श्रेष्ठ, वलबहादुर वि.क (दिपक), शारदा पोखरेल र शंकर प्रसाद चौलागाईलाई चयन गरिएको छ ।

निर्वाचन कार्यदलको संयोजकमा प्रेस युनियनका संस्थापक अध्यक्ष राजकुमार कार्की, पुर्व अध्यक्षहरु श्यामहरी अधिकारी र बावुराम देवकोटा हुनुहुन्थ्यो । जेठ ६ गते सिन्धुलीमाडीमा सम्पन्न जिल्ला शाखाको सातौँ अधिवेशनले उहाँहरुलाई निर्वाचन कार्यदलमा छनोट गरिएको थियो ।

लामिछाने को पत्रकारिताको पृष्ठभुमि 

बि.स. २०६३ सालदेखी पर्सा जिल्लाको बिरगंज स्थित रेडियो बिरगंजमा रिपोर्टर र समाचार बाचक भइ आफुलाइ पत्रकारको रुपमा स्थापित गरेका लामिछाने केही समय शिक्षण पेशामा सम्लग्न हुनुहुन्थ्यो ।
यसैगरी सिन्धुलीमा केही समय रेडियो सहारामा ब्यबस्थापक र रेडियो सिन्धुली गढीमा ३ बर्ष साहित्यिक कार्यक्रम सन्चालन गर्नु भयो । आफ्नो सुमधुर स्वोरका धनी लामीछाने आफ्नो आवाज मार्फत चर्चित छन भने पत्रकारिता क्षेत्रमा आफुलाइ अब्बल सावित गरेका लामिछाने बि.स. २०७७ सालदेखी सिन्धुली स्थित बिट्स एफ. एम. 97.7 मे.ह.मा ब्यबस्थापन प्रमुखको रुपमा जिम्मेवार सम्हाल्दै आएको छन भने हाल तरंग खबर नामक अनलाइन मिडिया पनि सन्चालन गर्दै आएका छन ।

 

तपाइकाे प्रतिकृया दिनुहाेस

सम्बन्धित समाचारहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.