• समाचार
  • कृषि/उद्यमी
  • अन्तरवार्ता/विचार
  • खुल्ला मञ्च
  • प्रविधि
  • खेलकुद
  • घुमघाम/मनोरन्जन
  • न्यु फेस
  • युनिकोड
×
☰
    • समाचार
    • कृषि/उद्यमी
    • अन्तरवार्ता/विचार
    • खुल्ला मञ्च
    • प्रविधि
    • खेलकुद
    • घुमघाम/मनोरन्जन
    • न्यु फेस
    • युनिकोड

ट्रेण्डिङ :

    भलिवल ब्लु अल्पाइन क्लब आगलागि
Advertisement

गायक थानेश्वर गौतमको स्वर र संगीतमा ‘फुर्के धागो २’ बोलको गीत सार्वजनिक

  •  क्लिक चौतारी संवाददाता
  • २०८० बैशाख १०, आईतवार ०५:३० प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    नेपाली महिलाले कपाल बाट्ने रातो फुर्के धागो। यस्तो धागो, अरु रङमा पनि पाइन्छ। जसको पुछारमा पोते, सलमा मोती तथा सितारा जडिएको हुन्छ।

    तीन हाँगा फाटिएका हुन्छन्। कपाल कोरिसकेपछि तीन हाँगा फट्याइन्छ, त्यसमा धागो गाँसिन्छ र, बाटिन्छ। यसले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ। तर, यहि धागो युवापुस्ताले प्रयोग बिरलै गर्छन्।

    पछिल्लो युवापुस्तामा लोप हुदै गएको कपाल बाट्ने धागोको संरक्षण गर्न तथा पुर्खाको इतिहास जोगाउन गीतकार प्रभा बर्तौलाले गीत नै लेख्नु भयो।

    गीतकार बर्तौलाले लेख्नुभएको शब्दलाई स्वर र संगीत भरेर भिडियो सहित ‘फुर्के धागो’ बोलको गीत दुई वर्ष अगाडी बजारमा ल्याउनु भयो, शास्त्रीय संगीतमा स्नाकोत्तर गर्नुभएको गायक तथा संगीतकार थानेश्वर गौतमले। जुन गीतले टिकटकमा अत्याधिक चर्चा पाइरहेको छ।

    यसै गीतको अपार सफलतापछि बर्तौला र गौतमको संयुक्त प्रयासमा ‘फुर्के धागो २’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार गौतम र गायिका शोभा गौतमको स्वरमा रहेको गीत ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा संगीत पनि गायक गौतमले नै भर्नु भएको छ।

    तीज पर्वलाई लक्षित गरेर निर्माण गरिएको गीत सधाबहार छमछम नाच्न मिल्ने बनेको छ। ‘फुर्के धागो लगाउली चट्ट कपाल बाटौली, मेखै मारी पियारी छमछम नाचौली’। गीतको पहिलो अन्तरा हो

    उदयराज पौडेलले एरेन्ज गर्नुभएको गीतको भिडियो सम्पादन वीर बहादुर थारुले गर्नु भएको छ। भुवन स्यान्बो तामाङले निर्देशन गर्नुभएको गीतमा मोडल अन्जली अधिकारी र नयन डिसीको मुख्य अभिनय देख्न सकिन्छ भने बालकलाकार आसर्या खड्का र लिडिया तामाङको पनि अभिनय हेर्न पाइन्छ।

    ‘फुर्के धागो २’ बोलको गीत हेर्न यस लिंकलाई क्लिक गर्नुहोस्

    Post Views: 82
    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार ०५:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश जाेगाउने अभिभारा अब गाेदारकाे हाे : विनाेद गाेदार थापा
    बिनाेद गाेदारथापासँग प्रश्न उत्तर
    विश्म्भर लामिछानेकाे जराबुटा कला (भडियाे)
    Advertisement
    ताजा अपडेट
    • १. आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    • २. गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

    • ३. देश जाेगाउने अभिभारा अब गाेदारकाे हाे : विनाेद गाेदार थापा

    • ४. बिनाेद गाेदारथापासँग प्रश्न उत्तर

    • ५. प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ३०८४७८/०७९/०८०
    सूचना विभाग :  ३९११/०७९/०८०
    प्रेस काउन्सिल : ३९२१

    सम्पर्क

    लेकाली संचार नेटवर्क प्रा.लि.

    कमलामाइ नगरपलिका-६, पानीट्यान्की, सिन्धुली
    Email: clickchautari@gmail.com

    Phone : +९७७-९८५४०४११३४

    हाम्रो टीम

    अध्यक्ष : कमला रोक्का
    प्रधान सम्पादक : नेत्र बिक्रम थापा
    सम्पादक : राधिका बुढाथोकी
    लेखक : सन्तोष शर्मा

    सामाजिक संजाल

    © 2023 Click Chautari . All Rights Reserved.