• समाचार
  • कृषि/उद्यमी
  • अन्तरवार्ता/विचार
  • खुल्ला मञ्च
  • प्रविधि
  • खेलकुद
  • घुमघाम/मनोरन्जन
  • न्यु फेस
  • युनिकोड
×
☰
    • समाचार
    • कृषि/उद्यमी
    • अन्तरवार्ता/विचार
    • खुल्ला मञ्च
    • प्रविधि
    • खेलकुद
    • घुमघाम/मनोरन्जन
    • न्यु फेस
    • युनिकोड

ट्रेण्डिङ :

    भलिवल ब्लु अल्पाइन क्लब आगलागि
Advertisement

सिन्धुलीकाे गाेलञ्जाेरमा यातायात कार्यालयकाे सेवा प्रारम्भ

  •  क्लिक चौतारी संवाददाता
  • २०८० बैशाख १०, आईतवार ०५:४१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    आज एक कार्यक्रमका विच सिन्धुली जिल्लाको गोलजोर गाँउपालिका अवस्थित खुर्कोटबाट यातायात व्यवस्था कार्यालयले सेवा प्रारम्भ गरेको छ । प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहाल सहित मन्त्रालयका सचिव नेत्र सुवेदीले ना १ ज ६२४७ नम्बरको टाटा सुमो जिपका चालक ओमबहादुर खत्रीलाई पटके बाटो इजाजत पत्र दिँदै सेवा शुभारम्भ गर्नु भएको हो ।

    सेवाग्राहीहरूको समस्यालाई ध्यानमा राखी २ देखि ३ वर्ष कुर्ने बाध्यता हटाउँदै १५ दिनमा लाइसेन्स बनाउने व्यवस्था गरेको मन्त्री दाहालले बताउनुभयो । सेवाग्राहीको काममा छिटो भन्दा छिटो दिई, ढिलासुस्ती नगरी काम गर्न उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य प्रदीप कटुवाल, लेखनाथ दाहाल, गोलञ्जोर गाउँपालिका अध्यक्ष शङ्कर बराल, सुनकोसी गाउँपालिका अध्यक्ष दिपा दाहाल लगायत जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

    यातायात व्यवस्था कार्यालय स्थापना भएपछि यातायातका साधनको नवीकरण, लाइसेन्स नवीकरण लगायतका काम अब खुर्कोटबाटै हुने भएको छ । सिन्धुलीको महाभारत उत्तरी क्षेत्र सहित, रामेछाप , दोलखा , काभ्रे र प्रदेश १ ओखलढुङ्गा , खोटाङ , सोलुखुम्बु , भोजपुर र उदयपुरका नागरिक लाभान्वित हुनेछन् ।

    Post Views: 94
    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार ०५:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग
    गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न
    दुध डेरी संचालनले स्वरोजगार बन्दै किसानहरु
    Advertisement
    ताजा अपडेट
    • १. आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    • २. गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

    • ३. देश जाेगाउने अभिभारा अब गाेदारकाे हाे : विनाेद गाेदार थापा

    • ४. बिनाेद गाेदारथापासँग प्रश्न उत्तर

    • ५. प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ३०८४७८/०७९/०८०
    सूचना विभाग :  ३९११/०७९/०८०
    प्रेस काउन्सिल : ३९२१

    सम्पर्क

    लेकाली संचार नेटवर्क प्रा.लि.

    कमलामाइ नगरपलिका-६, पानीट्यान्की, सिन्धुली
    Email: clickchautari@gmail.com

    Phone : +९७७-९८५४०४११३४

    हाम्रो टीम

    अध्यक्ष : कमला रोक्का
    प्रधान सम्पादक : नेत्र बिक्रम थापा
    सम्पादक : राधिका बुढाथोकी
    लेखक : सन्तोष शर्मा

    सामाजिक संजाल

    © 2023 Click Chautari . All Rights Reserved.