Click Chautari

बिशेषज्ञ चिकित्सकको अभावमा सेवा प्रभावित

क्लिक चौतारी समाचारदाता
जेठ ५, सिन्धुली । सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ बिशेषज्ञ चिकित्सकको अभावमा सेवा प्रवाह प्रभावित बन्दै गएको छ ।

एक बर्षअघि ५० शैथ्याबाट बिस्तिार गरी एक सय शैया पु¥याएर प्रादेशिक अस्पताल बनाईए पनि बिषेशज्ञ चिकित्सकको अभावसँगै सेवा प्रभावित बन्दै गएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ११ जना बिशेषज्ञ (कन्सल्टेन्ट) चिकित्सकको दरबन्दी रहेकोमा अहिले छ जनाको दरबन्दि रिक्त रहेको छ । मेडिकल अधिकृत तर्फ नौ जनाको दरबन्दि रहेकोमा एक जनाको सरुवा भएपछि रिक्त रहेको छ ।

एनेस्थेसिया(बेहोस बनाउने) चिकित्सकको अभावमा जेठ १ गतेदेखि नै सल्यक्रिया सम्बन्धि सबै सेवा रोकिएको अस्पतालका निमित्त निर्देशक अभिषेक थपलिया गुनासो गर्नु हुन्छ । उहाँका अनुसार नेपाल सरकारको छात्रबृत्ति करारमा दुई बर्षका लागि आउनु भएका एक जना एनेस्थेसिया चिकित्सकको करार अवधि यही बैशाख अन्तिमबाट सकिएपछि उक्त समस्या आएको हो ।

उहाँले भन्नुभयो, ‘एनेस्थेसियाको दरबन्दि दुई जनाको छ । दुई बर्ष अघि स्थायी एनेस्थेसियाको डाक्टरसाब आउनु भएको थियो, उहाँलाई पनि त्यतिबेला नै सरुवा गरेर भक्त पुर लगियो । छात्रबृत्ति करारमा रहनु भएका चिकित्सकको अवधि सकिए पछि अहिले अप्रेसन सम्बन्धी सबै सेवा रोकियो ।’

एनेस्थेसिया चिकित्सक पदपुर्तीका लागि अस्पतालले गत साउन र फागुन महिनामा गरी दुई पटक बिज्ञापन गरे पनि कसैको पनि दरखान्त नपरेको उहाँले जानकारी दिनुभयो । नौ जना मेडिकल अधिकृतको दरबन्दि रहे पनि सबै स्थानीय स्तरबाट नै बिज्ञापन गरेर करारमा पदपुर्ति गरिएको छ । दैनिक तीन सय ५० भन्दा बढी ओपिडी र ईमर्जेन्सिका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा सिटिस्क्यानको मेसिन चालु भएपनि रेडियोलोजिष्ट चिकित्सक दुई बर्षदेखि अभाव रहेको अस्पताल विकास समितिका अध्यक्ष शतिशचन्द्र ढकालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले सिटिस्क्यानको सेवा काठमाण्डौको अस्पतालसँग समन्वय गरी सञ्चालन गरि रहेका छौं ।’ उक्त अस्पतालमा नाक, कान, घाँटीको बिेशेषज्ञ सेवा, छालाको बिशेषज्ञ सेवा अभाव रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै भौतिक पुर्वाधारतर्फ शैथ्या बिस्तार गर्न भवनको समस्या रहेको अस्पताल विकास समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले एक सय बेडको अस्पताल घोषणा गरे पनि भवनको समस्याले अहिले ५० बेडबाट बढाएर करिब ८५ बेड मात्रै सञ्चालन हुदै आएको छ । चिकित्सकलाई बस्ने क्वाटरको समेत अभाव छ ।

पाँच बर्षअघिसम्म बिरामीहरुलाई सेवा प्रवाह गरि रहेको जीर्ण पुरानो भवन भत्काई त्यही ठाँउमा अहिले चार वटा ब्लकमा अपाङगमैत्री (लिफ्ट) सहितको सुविधा सम्पन्न आधुनिक अढाई तले भवन निर्माण गरिए पनि त्यसले एक सय बेडको क्षमता धान्न सक्ने अवस्था नभएको उहाँको गुनासो छ । अस्तपाल विकास समितिका अनुसार उक्त भवन सङघिय सरकारको सहयोमा भ्याट बाहेक २१ करोड ९८ लाख ३७ हजार ८१३ रुपियाको लागतमा निर्माण भएको थियो ।

क्षमता अनुसारको भवन निर्माणका लागि शहरी विकास कार्यालयमार्फत प्रदेश हुदै संघिय स्वास्थय मन्त्रालयमा प्रस्ताब पठाएको अस्पताल विकास समितिका अध्यक्ष ढकालको भनाई छ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.