clickchautari.com

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ आज बाट सुरु

क्लिक चौतारी । फागुन ५, २०८१, सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ आज बाट सुरु भएको छ । ‘राष्ट्रको लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने मुल नाराका साथ सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ को सोमबार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो । जिल्लाको कमलामाई नगरपालिका ६ खम्बेचौरमा सञ्चालन भएको खेलकुद महोत्सव २०८१ को बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो । फागुन ५ गते देखि १३ सम्म सञ्चालन हुने खेलकुद महोत्सब प्रतियोगितामा भलिबल, फुट्बल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरि १० वटा खेलहरु हुने छन् । जस मध्ये आज पहिलो दिन कबड्डी, सटपुट, १५०० मिटर दौड खेलहररु भयो ।

कबड्डीमा महिला तर्फ कमलामाई नगरपालिका र दुधौली नगरपालिका प्रतिस्पर्धा भएको थियो । जसमा २४/३३ कोे अन्तरले दुधौली पराजीत हुदै कमलामाई नगरपालिका नकआउटमा प्रवेश गरेको छ ।

त्यसैगरि फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिकाको बिच भएको प्रतिस्पर्धामा ३७/४३ को अन्तरले फिक्कल गाउँपालिकालाई पराजीत गर्दै सुनकोशी गाउँपालिका नकआउटमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै एथलेटिक्स तर्फ १५०० मिटर दौड र सटपुटमा कमलामाई, दुधौली नगपालिका , हरिहरपुरगढी, मरिण, सुनकोशी, गोलन्जोर, घ्याङलेख, फिक्कल, तीनपाटन गाउँपालिका बिच भएको प्रतिस्पर्धा भएको थियो । जसमा महिला तर्फ सुनकोशी गाउँपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ ।

त्यसैगरि पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र सुनकोशी गाउपालिका तेस्रो भएको छ । त्यस्तै सटपुटको महिला तर्फ फिक्कल गाउँपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ फिक्कल गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो, तीनपाटन तेस्रो भएको छ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.