clickchautari.com

१२ हजार ५ सय ९२ जना किशाेरी एचपीभी खाेपबाट लाभान्वीत

HPV Khop

सिन्धुली २५ माघ ०८१

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानको चौथो दिन सम्ममा सिन्धुलीमा १२ हजार ५९२ किशोरीले खोप लगाएका छन् ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तका अनुसार जिल्लामा हाल सम्म ८६।१ प्रतिशत किशोरीलाई खोप लगाइएको छ ।

हाल सम्म कमलामाई नगरपालिकाका २ हजार ७७८, दुधौली नगरपालिकाका २ हजार ५२२, तिनपाटन गाउँपालिकाका १ हजार ४५२, फिक्कल गाउँपालिकाका ९५१, गोलञ्जोर गाउँपालिकाका १ हजार ३, सुनकोसी गाउँपालिकाका १ हजार १२, घ्याङलेख गाउँपालिकाका ६८५, मरिण गाउँपालिकाका १ हजार ३१९ र हरिहरपुरगढी गाउँपालिकाका ८७० जनाले खोप लगाएका छन् ।

विद्यालय बाहिर रहेका ६६ जना किशोरीले एचपीभी’ खोप लगाइएको उहाँले जानकारी दिनुभयो । कमलामाई नगरपालिकामा ५, दुधौली नगरपालिकामा १४, तिनपाटन गाउँपालिकामा ३, फिक्कल गाउँपालिकामा १, गोलञ्जोर गाउँपालिकामा ५, सुनकोसी गाउँपालिकामा ३, घ्याङलेख गाउँपालिकामा ११, मरिण गाउँपालिकामा २ र हरिहरपुरगढी गाउँपालिकामा २२ जना विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

पाचौ दिन १०९ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने कार्यमा सहयोग गर्न उहाँले सम्बन्धित सवैमा आग्रह गर्नुभयो । विद्यालयमा विभिन्न कारणले खोप लगाउन नपाएका किशोरीहरूले नजिकको खोप केन्द्रमा गएर पनि अभियान भरी खोप लगाउन सक्ने उहाँको भनाई रहेको छ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.