जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर


पर्याप्त संभावना भएको तर दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिका हो सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका । जातिय हिसावले सबैभन्दा बढी मगर र तमाङ समुदाय त्यसपछि ब्राम्हणक्षेत्रीको बाहुल्यता रहेको यस गाउँपालिका साविक लाम्पन्टार, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, बेल्घारी, भिमस्थान र आम्बोटे गाविस मिलाएर ११ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट कर्णबहादुर थापामगर अध्यक्ष पदमा निर्बाचित हुनु भएको थियो । उनै थापासंग क्लिक चौतारीका लागि बाबुराम देवकोटाले गर्नु भएको कुराकानीको संपादित अंश :

तपाँई तीनपाटन गाँउपालिकाको अध्यक्षमा निर्बाचित भएपछि के के परिबर्तन आएको अनुभव गर्नु भएको छ ?
व्यापक परिबर्तन भएको छ । स्थानीय तह भएपछि हरेक अधिकारका कुरा त्यहाँ गएको छ । जनताले सदरमुकाम सिन्धुलीमाढीबाट पाउने सबै सेवा सुविधा गाँउबाटै उपभोग गर्न पाएका छन् । अर्को कुरा स्थानीय तह बनेपछि निर्बाचित जनप्रतिनिधि आए । प्रत्येक वडामा पाँच/पाँच जना निर्बाचित जनप्रतिनिधिहरु हुनुहुन्छ । सबैले जनताका लागि अहोरात्र खटेर काम गरेका छौं । अहिले हेर्दाखेरी धेरै परिबर्तन आएको देखिन्छ । जनताहरुमा पनि चेतनाको स्तर पहिलेको तुलनामा धेरै माथी उठेको छ ।

स्थानीय तहको निर्बाचनको बेला जनता सामु गरेको के कती प्रतिबद्धता पुरा गर्नु भयो ?
हामीले साँढे तीन बर्ष पार गरी सकेको अवस्था छ । भुगोलको हिसाबले तीनपाटन गाँउपालिका काम गर्न त्यती सजिलो गाँउपालिका छैन । सबैसँग सम्बन्ध बढाएर, सबैलाई मिलाएर काम गरेको छु । मैले टिकट लिएर चुनाबका बेला जनता सामु गरेका प्रतिबद्धता ६० प्रतिशत पुरा भएको छ । सडक निर्माण, बिजुली, खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य लगायतको क्षेत्रमा पूर्वाधार निर्माण धेरै भएको छ ।

रोजगारीका लागि युवा विदेशिने क्रम बढ्दो छ । त्यस्तालाई गाँउमै रोक्न के कस्ता रोजगारीका अबसर सिर्जना गर्नु भएको छ ?
गाँउपालिकाले धेरै ठूलो रोजगारीको अबसर सिर्जना गर्न त सकेको छैन । स–साना उद्यमी बनाउने, युवालाई उद्यम व्यवसायमा जोड्ने, तीनपाटन गाँउपालिकामा कृषि क्षेत्र बढी भएकोले कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने, यान्त्रीकरण गर्ने तीर गाँउपालिका लागेको छ । अहिले धेरै युवा कृषि क्षेत्रमा लाग्नु भएको छ । यो खुशीको कुरा पनि छ अहिले ।

गाँउपालिकालाई समृद्ध बनाउन कस्ता योजना ल्याउनु भएको छ ?
तीनपाटन गाँउपालिका सडक सञ्जालका हिसाबले सिन्धुली जिल्लाका नौ वटा पालिका मध्ये बिकट क्षेत्रमा गनिन्छ । तर पनि गाँउपालिकालाई समृद्ध बनाउन सडकलाई मुख्य रुपमा फोकस गरेर काम गरेका छौं । जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट गाँउपालिका जाने मुख्य सडकलाई कालोपत्रे गर्न टेण्डर लागेर काम पनि सुरु भई सकेको छ । दुई बर्षभित्रमा उक्त काम पुरा हुन्छ भन्ने अपेक्षा राखेका छौं । विद्युतीकरण नभई अरु केही काम संभव नहुदो रहेछ । अहिले ११ वटै वडाम विद्युतीकरणका कार्य भई रहेको छ । चालु आर्थिक बर्ष ०७७/०७८ को असारसम्ममा सबै आठ हजार घरधुरीमा बत्ति बल्ने छ । पहिले आठ वटा स्वास्थ्य संस्था थियो । गाविस फुटेर ११ वटा वडा भयो । अहिले ११ वटै वडामा स्वास्थ्य संस्था छ । जुन वडा बिकट छ, त्यहा स्वास्थ्य ईकाई स्थापना गरी १७ वटा स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सेवा प्रवाह भई रहेको छ । कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएर अनुदान दिने, बिउबिजन दिने जस्ता काम पनि भई रहेको छ ।

गाँउपालिकाले कस्ता योजनालाई प्राथमिकता दिएर काम गरि रहेको छ ?
यो बर्ष कोभिडका कारण गाँउका मान्छे सबै फर्केर आएका छन् । त्यसैले पहिलो प्राथमिकता कृषिलाई दिएका छौं । पहिलो कुरा हाम्रो गाँउपालिकामा धेरै उब्जनी हुने जमिन बाँझिएर बसेको छ । त्यसलाई अहिले खनजोत गरेर व्यवसायिक रुपमा खेती गर्न लगाएका छौं । दोस्रो कुरा गाँउपालिकालाई समृद्ध बनाउन सडक सञ्जाल पनि मुख्य कुरा हो । त्यसलाई दिगो रुप दिन लागेका छौं । अर्को कुरा शिक्षालाई पनि सुधार गर्न तिर लागेका छौं ।

काम गर्दा समस्या र अबरोध त पक्कै आउछ नै । के कस्ता समस्या आए र कसरी निकास खोज्नु भएको छ ?
आफुले के काम गर्न खोजेको हो, मुख्य कुरा जनतालाई बुझाउन सक्नु पर्छ । यो काम जनताको लागि हो भनेर बुझाउन सक्नु प¥यो । म राजनीतिक कार्यकर्ता नेपाली काँग्रेसको क्षेत्रीय सभापति पनि हुँ । क्षेत्रीय सभापति भएता पनि पार्टी भन्दा माथि उठेर यो पदलाई व्यालेन्समा राखेर चलाउन सक्नु पर्दछ । म गाँउपालिकाको अध्यक्ष हुँ । मेरो दायित्व के हो ? भन्ने बुझेर जुन–जुन वडामा जुन सुकै पार्टीले जिते पनि सबै जनतालाई न्यायोचित हुने गरी काम गर्नु भनेको छु । अप्ठेरो त धेरै छन् । मुख्य कुरा त राजनीतिक ईसु नै हो । जनताको काम पदभन्दा माथि उठेर गरेको छु ,मैले सबैलाई मिलाएर लगेको जस्तो लाग्छ ।

गाँउपालिकामा पर्यटकिय आकर्षण बढाउन के कस्ता कार्य गर्नु भएको छ ?
तीनपाटन गाँउपालिकामा पर्यटकिय क्षेत्र बनाउन महाभारत उत्तरतिरका दुई वटा वडा बाहुनतिल्पुङ र तोश्रामखोला छ । त्यहाँ अग्ला डाँडाहरु छन् । त्यहाँ प्रशस्त जडिबुटी पाईन्छ विभिन्न खालका । जडिबुटीको विकास र व्यवस्थापन गर्न सके त्यहा अलिकति पर्यटक आउछन् भन्ने आसा छ । अर्को धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने संभावना बोकेका ठाँउ पनि छ । वडा नं. ६ को बालाजोरमा रहेको सिद्धेश्वरी गुफामा पर्यटक आउन जान सजिलो होस भनेर सिढीं बनाउने, अन्य पूर्वाधार निर्माण र यो बर्ष सडक सञ्जालले पनि जोडेका छौं । अर्को चकमके बजारमै ईच्छेश्वरी महादेव छ । त्यो महादेव मन्दिरमा साउन महिनाका दिनमा धेरै भक्तजन आउनु हुन्छ । वडा नं. १० मा पुरानो ढुंग्रेगढी रहेको छ । त्यहा सिन्धुलीगढी भन्दा पहिले लडाई भएको मानिन्छ । त्यसलाई डिपिआर बनाई पर्यटकियस्थल बनाउन योजना अघि बढाएका छौं ।

कोरोना नियन्त्रण र त्यसको खर्च व्यवस्थापन कसरी गर्नु भएको छ ?
चैत ११ गते लकडाउन घोषणा भएपछि सबैजना बन्दाबन्दिमा परियो । भएको बजेटलाई बिषेश गाँउसभा बोलाएर एक करोड ६० लाख रुपिया विभिन्न योजनाबाट तानेर कोभिड–१९को लागि कोष स्थापना ग¥यौ । त्यो मार्फत माक्स, सेनिटाईजर, साबुनको व्यवस्था, विदेशबाट आउने मानिसलाई क्वारेन्टाईनमा राख्ने, काठमाण्डौ र पोखराबाट अलपत्र मज्दुर (पालिकाबासी) लाई गाडीमा ल्याउने काम ग¥यौं । अहिले त त्यस्तो गर्नु पर्ने अवस्था छैन, सामान्य तिर आईसक्यो ।

भौतिक पुर्वाधारका के कस्ता काम भएका छन् ?
गाँउपालिकामा एक बर्षभित्रमा सबै स्वास्थ्य संस्थाको भवन बनि सकेको छ । वडा नं. ८ बाहेक सबै वडा कार्यालयको भवन यो बर्ष निर्माण पुरा हुन्छ । गाँउपालिकाको प्रशासकिय भवन यो बर्ष असारसम्ममा निर्माण पुरा हुन्छ । सबैजसो ठाँउमा खानेपानीको व्यवस्था भई सकेको छ, अब १० प्रतिशत जति बाँकी छ । सबै टोलमा हिउदे सडक पुगि सकेको छ । यो बर्ष सबैको घरमा बिजुली बत्ति पुगी सक्ने छ ।

बजेट परिचालनमा सङघिय सरकार र प्रदेश सरकारबाट कत्तिको सहयोग पाउनु भएको छ ?
गाँउपालिकामा आउने बजेट पुरै सङघिय सरकारमा निर्भर रहेको छ । हामीसँग आन्तरिक स्रोत असाध्यै न्युन छ । प्रदेश सरकारको बजेट नगन्य मात्रामा आउछ । प्रदेश सरकारको समन्यव स्थानीय तह गाँउपालिकासँग छैन । प्रदेश सरकारले बजेट पठाउछ, तर उसले आफ्नो कार्यकर्ताको टाउकोमा बिल हालेर पठाउछ । खर्च गर्ने माध्यम पनि कहाँबाट सजिलो हुन्छ, त्यहीबाट गरेको हुन्छ । कहिले सिन्धुली, कहिले हेटौडा, कहिले रामेछाप, कहिले सिन्धुपाल्चोकबाट खर्च गरेको हुन्छ ।

अन्त्यमा गाँउपालिकाबासीलाई तपाईको भन्नु केही छ की ?
तीनपाटन गाँउपालिकाबासी सबैलाई मेरो यो अनुरोध छ की, जनप्रतिनिधि सेबक हौं । तपाँईहरुका लागि काम गर्न बसेका हौं । कुर्सिमा ठूलो मान्छ बन्न बसेको होईन । तपाईहरुले खबरदारी गरी रहनु पर्दछ । बेला बेलामा हाम्रो गल्तिकम्जोरी औल्याइ दिई रहनु प¥यो । त्यसो भयो भने मात्रै हामी सबैले चाहेको बिकास र काम हुन सक्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *