घरेलु मदिराको प्रभाव : मँहगीदै कोदो


सिन्धुलीमा कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्दै गएको छ । स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै दुई सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन् । कोदोको मदिरा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि हेपिएको बालीको रुपमा चिनिएको महाभारत क्षेत्रमा फल्ने रैथाने बाली कोदोले बजार मुल्य पाउन थालेको स्थानीयको भनाई छ ।

गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, तीनपाटन गाँउपालिका, घ्याङलेख गाँउपालिका, हरिहरपुरगढी गाउँपालिका लगायतका ठाँउको माथिल्लो भुभागमा फल्ने कोदोले पछिल्लो समय बजार पाउन थालेपछि खेतीमा संलग्न किसान समेत उत्साहित देखिन्छन् । सामान्यतया रोटी तथा ढिडो खान प्रयोग हुदै आएको कोदो पछिल्लो समय घरेलु मदिराका लागि उत्कृष्ट मानिदै आएको कोदो खेतीमा संलग्न सुनकोसी गाँउपालिका ७ का किसान बिरबहादुर लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बरु धान, मकै बिक्री हुन कठिन हुन्छ । भनेको समयमा व्यापारी आई पुग्दैनन् । फलानोको घरमा कोदो छ रे भन्ने मात्रै सुन्नु पर्छ । मदिरा बनाउने व्यापारी तछाडमछाड गर्दै घरमै आईपुग्छन् ।’

कोदोको रक्सी धेरैको रोजाइमा पर्न थालेपछि ग्रामीण क्षेत्रको कोदोले भाउ पाउन थालेको उहाँको भनाई छ ।

स्थानीयका अनुसार अहिले धान र मकै प्रति पाथि ८० देखि ९० रुपियामा मुस्किलले कारोबार भई रहेको छ । तर कोदो दुई सय रुपियाभन्दा बढीमा सहजै कारोबार भई रहेको छ । होटलमा घरेलु मदिराको कारोबार बढेसँगै कोदोको मदिराको माग बढेकाले कोदोको मुल्य बढेको हो ।
नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा कोदो खेती ११ हजार ९०९ हेक्टरमा हुदै आएको र बर्सेनि नौ हजार मेट्रिक्टन भन्दा बढी उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

, ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *