दुधौली नगरपालिकाको वडा कार्यालय भवनको स्वरुप एउटै


सिन्धुलीमाढी । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका सबै वडा कार्यालयको भवन एउटै स्वरुप र आकारमा निर्माण भएका छन् ।
दुधौली नगरपालिकाका १४ वटा वडामध्ये भवनविहिन १० वटा वडा कार्यालयका भवन एउटै स्वरुपको भएको दुधौली नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वडा नं. २, ६, ११ र १२ को मात्रै आफ्नो भवन रहेको थियो । भवनविहिन वडाहरु १, ३, ४, ५, ७, ८, ९, १०, १३ र १४ ले अहिले भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेका छन् ।

भवनविहिन १० वटा वडा कार्यालयका भवन एउटै नमूनामा निर्माण भएको मेयर घनश्याम राउतले जानकारी दिनुभयो । उहाँले सबै वडा कार्यालय ट्वाईलेट, बाथरुम सहित छ कोठाको एक तालाका एउटै नमूनामा पक्कि भवन निर्माण भएको सुनाउनुभयो ।

उहाँका अनुसार गत आर्थिक बर्ष ०७६÷०७७ मा नगरपालिकाले एउटा भवन निर्माणका लागि प्राविधिक स्टिमेट अनुसार ५४ लाख रुपियाका दरले बजेट बिनियोजन गरेको थियो । सबै वडा कार्यालयले बजेट बिनियोजन भएपछि एक बर्षभित्रमा नै भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेका छन् ।

वडा नं. १ र ३ को भवन उपभोक्ता समितिमार्फत र बाँकी भवन टेण्डर प्रकृयामार्फत ठेकेदारले निर्माण गरेको उहाँले बताउनुभयो । भवन निर्माण हुनअघि सबै वडा कार्यालयले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका जनाईएको छ । वडा कार्यालय भवन ढलान गरेर तीन तल्लासम्मको निर्माण गर्ने योजना रहेको र भवन निर्माणका लागि जग्गा स्थानीयले निःशुल्क रुपमा प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

वडा नं. १ का सचिब हेरम्बराज अधिकारी भवन नहुदा काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहज रूपमा सुविधा दिन नसकिएकोमा अहिले आफ्नै भवन भएपछि सेवा प्रवाह गर्न सजिलो भएको बताउनुहुन्छ ।

उहाँले भन्न्ुभयो, ‘महिला र पुरुषका लागि छुट्टाछुट्टै सौचालय सहित नया भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेका छौं । वडा अध्यक्षको कार्यकक्ष एउटा र कर्मचारीको लागि तीन कोठा सहित अहिले छ कोठाको नयाँ भवन निर्माण भएको छ ।’

, , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *