Click Chautari

नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाको निर्वाचन सम्पन्न: बाबुराम देवकोटा विजयी

नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाको निर्वाचन २०८१ साल मंसिर २८ गते सफलतापूर्वक सम्पन्न भएको छ। सिन्धुली शाखाको अध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका बाबुराम देवकोटा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि प्रेस सेन्टरका तर्फबाट नवीन श्रेष्ठ र प्रेस युनियनका बागी उम्मेदवार टिकाजंग थापा प्रतिस्पर्धामा थिए।

Advertisement

मतपरिणाम:

  • बाबुराम देवकोटा: २९ मत (विजयी)
  • नवीन श्रेष्ठ: २७ मत
  • टिकाजंग थापा: १८ मत
  • १ मत बदर

निर्वाचनमा जम्मा ८४ सदस्यहरूमध्ये ७५ जनाले मतदान गरेका थिए। निर्वाचनमा विभिन्न पदका लागि प्रतिस्पर्धा भएको थियो, जसमा नयाँ कार्यसमिति चयन भएको छ।

Advertisement

निर्वाचित कार्यसमिति:

  • अध्यक्ष: बाबुराम देवकोटा
  • उपाध्यक्ष: उर्मिला भट्टराई
  • उपाध्यक्ष (महिला): गीता घिमिरे
  • सचिव: नवीन बाबु अधिकारी
  • सह-सचिव (खुला): बासु मैनाली
  • सह-सचिव (समावेशी): प्रतिमा जिसी
  • कोषाध्यक्ष: अनिल भण्डारी

सदस्यहरू:

  • उद्धव कुमार श्रेष्ठ (जनजाति)
  • यम कुमार चौलागाईं (खुला)
  • रविन्द्र भट्टराई (खुला)
  • गोमा श्रेष्ठ (खुला)
  • विशाल स. संकर (खुला)
  • झलक कुमारी रजन (खुला)
  • मनिषा फुयाल (निर्विरोध)
  • ललिता हायु (निर्विरोध)
  • गङ्गा बिसुन्खे (दलित महिला, निर्विरोध)

केन्द्रीय पार्षद:

  • राजकुमार कार्की (निर्विरोध)
  • लक्ष्मण घिमिरे (निर्विरोध)
  • अञ्जु तामाङ (निर्विरोध)

प्रदेश पार्षद:

  • कृष्ण अधिकारी (निर्विरोध)
  • सन्तोष बुढाथोकी (निर्विरोध)
  • रोहित गुरुङ (निर्विरोध)

पत्रकारिताको उज्ज्वल भविष्यको अपेक्षा

यस निर्वाचनले सिन्धुलीका पत्रकारहरूलाई संगठित गर्ने र पेशागत विकासका लागि नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। अध्यक्ष बाबुराम देवकोटाले नेतृत्वको कार्यकालमा पत्रकारिताको हकहित र संस्थागत सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Advertisement

निर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.