Skip to main content

Click Chautari

सिन्धुलीमा हायसमा ठोकिएर नीलगाई मर्‍यो स् चालक नियन्त्रणमा

कमलामाइ, २३ माघ ०८१

Advertisement

मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा हायससंग ठोकिदा एउटा नीलगाई मरेको छ । बुधवार बिहान धरानबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ५ ख ५९८१ नं. को हायसमा ठोकिदा नीलगाई मरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार नीलगाई मरेपछि हायस चालक सुनसरीको धरान उपमहानगरपालिका १७ का ४४वर्षीय पदम बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ ।

Advertisement

चालकले सडकको दायाँ साइडको जङ्गलबाट अचानक जङ्गली नीलगाई ठोक्किँदा नीलगाई जङ्गलतर्फ नै गएको भनी प्रहरीलाई जानकारी गराउनु भएको थियो ।

उक्त स्थानमा प्रहरी सहितको टोली खटी गई खोजतलास गर्दा उक्त निल गाई घटनास्थलबाट ७ सय मिटर पर जङ्गलमा मृत अवस्थामा फेला पारी घटनास्थल सुरक्षित राखी आवश्यक प्रक्रियाको लागी रानिवास शव – डिभिजन वन कार्यालय सिन्धुलीसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थल मुचुल्का तयार गरी मृत नीलगाई, हायस र चालक डिभिजन वन कार्यालय सिन्धुलीलाई बुझाइएको उहाँले जानकारी दिनुभयो ।

 

Advertisement

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.