Click Chautari

सिन्धुलीमा हायसमा ठोकिएर नीलगाई मर्‍यो स् चालक नियन्त्रणमा

कमलामाइ, २३ माघ ०८१

Advertisement

मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा हायससंग ठोकिदा एउटा नीलगाई मरेको छ । बुधवार बिहान धरानबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ५ ख ५९८१ नं. को हायसमा ठोकिदा नीलगाई मरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार नीलगाई मरेपछि हायस चालक सुनसरीको धरान उपमहानगरपालिका १७ का ४४वर्षीय पदम बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ ।

Advertisement

चालकले सडकको दायाँ साइडको जङ्गलबाट अचानक जङ्गली नीलगाई ठोक्किँदा नीलगाई जङ्गलतर्फ नै गएको भनी प्रहरीलाई जानकारी गराउनु भएको थियो ।

उक्त स्थानमा प्रहरी सहितको टोली खटी गई खोजतलास गर्दा उक्त निल गाई घटनास्थलबाट ७ सय मिटर पर जङ्गलमा मृत अवस्थामा फेला पारी घटनास्थल सुरक्षित राखी आवश्यक प्रक्रियाको लागी रानिवास शव – डिभिजन वन कार्यालय सिन्धुलीसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थल मुचुल्का तयार गरी मृत नीलगाई, हायस र चालक डिभिजन वन कार्यालय सिन्धुलीलाई बुझाइएको उहाँले जानकारी दिनुभयो ।

 

Advertisement

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.