Click Chautari

डडेलो विरुद्धको अभियानमा विनाेद थापाकाे प्रयास

गोलञ्गोर, सिन्धुली । २७ माघ २०८१
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकामा वडा नं. ५ बाट गर्मियाममा हुने मानवद्धारा सिर्जित आगलागी तथा डढेलो नियन्त्रणको लागि जनचेतना अभियानको सुरुवात संगै गाउँपालिकामा बाजो जमिन ब्यवस्थापन अभियानको थालनि गरिएकोछ ।

Advertisement

यस सृष्टिमा भएका हरेक जीव–जन्तु, पशु पंक्षिको बाच्न पाउने अधिकार, जडिबुटीहरुको संरक्षणको लागि एकल प्रयासमा गोलञ्जोर गाउँपालिका वडा नं. ५ का समाजसेवी विनोद थापाले डडेलो विरुद्धको अभियान संचालन गर्नुभएको हो ।

उहाँले यस धरतीमा सृष्टि भएका कयौं प्रकारका किराफट्याङग्राहरु, विभिन्न प्रकारका औषधीजन्य वनस्पतिहरु, विभिन्न प्रकारका जङ्गली पशुपन्छीहरु यस धरतीबाट सधैंका लागि लोप भए भने सम्पूर्ण प्राणिजगतनै समाप्त हुने भन्दै सम्पूर्ण प्राणि जगतको संरक्षणको लागि आफुले यो अभियानको थालनी गरेको बताउनुहुन्छ ।

Advertisement

वर्षेनि घासको बाहानामा मानिसहरुले जंगलमा आगो लगाउनाले डडेलोबाट सिर्जित हुने प्रदुषणबाट संसारका मानवहरु लगाएतका प्राणी जगतकै स्वास्थ्यमा गम्भिर असर पुगेको हुन्छ भने सोही मात्रामा डडेलो नियन्त्रणबाहिर गई देशब्यापि धेरै ठूलो परिणाममा धनजनको क्षति हुनेगरेकोछ ।

विनोद थापाको एकल प्रयासमा थालिएको यस अभियान आज माघ २७ गते बाट गोलञ्जोर गाउँपालिकाको वडा नं. ५ हिर्दिङ्ग बाट डडेलो विरुद्धको अभियान संचालन गर्नुभएको छ । जसमा स्थानीहरुको उल्लेखनिय सहभागित रहेकोछ । साथै यसै अभियानमा बाझो जग्गा ब्यवस्थापन सम्बन्धी अभियान पनि सुरु गर्नुभएकोछ ।

थापा भन्नुहुन्छ – “हरेक प्राणिले यो धर्तिमा बाँच्न पाउनु पर्छ किनकी यो धर्तिका हरेक जीवजन्तु, पशुपंक्षी तथा बनस्पती एक अर्कोको परिपुरक हुन । प्रकृतिले हरेकलाई एउटा उद्देश्यले जन्म दिएकोछ । तर हाम्रो सानो लापरवाहिले गर्दा हामी आफै आफ्नो खुट्टामा बन्चरो प्रहार गरिरहेका छौं ।”
थापाले यस्तो गम्भिर कुरामा राज्यले उदासिनता देखाएको बताउनु हुन्छ ।

हाँ थप्नु हुन्छ –“यो अभियानमा राज्यले साध नदिए पनि आफू हरेक वर्ष फागुन महिनाको अन्त्यतिर बन डडेलो विरुद्ध जनचेतना अभियान निरन्तर संचालन गर्ने, आफ्नो नजिकको बनमा जम्मा भएका पतकरहरु थुपारेर मल बनाउने अभियान चलाउने र डडेलो निगरानिको लागि आफ्नो ब्यक्तिगत खर्चबाट दुरदर्शन र ड्रोन परिचालन गर्ने । बनमा कतै धुवा देखिए तत्काल ड्रोन उपकरण पठाएर डडेलो लगाउनेलाई सप्रमाण पक्राउ गरि प्रशासनमा कारवाहीको लागि बुझाउने अभियान संचालन गरेकोछु ।”

Advertisement

यसकोलागि उहाँले सार्वजनिक रुपमा अपिल गर्दै सम्पूर्ण स्थानिय, सामाजसेवी, वुद्धिजिवी, लगाएत स्थानीय सामुदायिक बन उपभोक्ता समिति लगाएत सम्पूर्णमा हातेमालोको लागि अपिल गर्नु भएकोछ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.