Click Chautari

गोलञ्जोरका बालबालिकालाई लायन्स क्लवकोसहयोग

सिन्धुली ः फाल्गुण ५, २०८१ लायन्स क्लव अफ काठमाण्डौ–पाटन शाखाबाट सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं. ५, हिर्दिङ्गका दुई वटा विद्यालयका वालवालिकाहरुलाई सहयोग गरेका छन् ।

Advertisement

सिन्धुलीका समाजसेवी विनोद थापाको संयोजनमा काठमाण्डौ–पाटन शाखाका पदाधिकारीहरुले आज एक कार्यक्रमका विच गोलञ्जोर गाउँपालिका–५ का विद्यालयहरु श्री महाकाली प्रा.वि.का २० जना वालवालिका र धुराडाडा आधारभुत प्रा.वि.का ४० जना वालवालिकाहरुलाई स्कुल ब्याग र स्टेशनरी सामान वितर गरिएकोछ ।

यसै वडाका वडा अध्यक्ष गोविन्द बहादुर लुंगेलीको अध्यक्षताका लायन्स क्लव अफ काठमाण्डौं–पाटन शाखाका प्रेसिडेन्ट रुविना कर्माचार्य, उपाध्यक्ष प्रदिप कुमार कर्माचार्य, काठमाण्डौ–पाटन सनराइज स्कुलका प्रेसिडेन्ट रमिता श्रेष्ठ, संचारकर्मी सरोज राज गौतम र सचिना राउतले यहाँका विद्यालयका बालबालिकाहरुलाई स्कूल ब्याग र स्टेशनरी सामाग्री उपलब्ध गराउनु भएको हो ।

Advertisement

यसैगरी उहाँहरुले पुनः यसै विद्यालयका बालबालिकाहरुलाई अर्को पटक जुत्ता र ट्र्याक उपलब्ध गराउनुको साथै महाकाली प्रा.वि. आहालडाडालाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विद्यालयलाई नयाँ भवन र अन्य शैक्षिक सामाग्रीहरु उपलब्ध गराउदै लैजाने बताउनु भयो ।

यस शैक्षिक सामाग्री वितरण कार्यक्रमलाइ संयोजन गर्नुहुने समाज सेवी थापाले सामुदायिक विद्यालयहरुले गुणस्तरी शिक्षा दिन नसकेको कारण अभिभावकहरु आफ्ना वालवालिकाको भविष्य खोज्दै सुविधा सम्पन्न ठाउँमा जानकारण गाउँ दिन दिनै रित्तो हुदै गएका कारण आफुले कुनै पनि हालतमा यस भेगमा गुणस्तरी शिक्षा प्रदान गर्नको लागि आफु लागि पर्ने बताउनु भयो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.