Click Chautari

हिराथुम्का मावि तोस्रामखोलामा आत्मारक्षा तालिम संचालन हुने

सिन्धुली । सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नं. ७ मा अवस्थीत हिराथुम्का माध्यामिक विद्यालयले १० वर्ष देखि १८ वर्ष उमेर समूहका वालवालिकाहरुलाई आत्मारक्षा तालिम संचालन गर्ने भएकोछ ।

तिनपाटन गाउँपालिकाको आ.व. २०८१/०८२ हिउँदे गाउँसभाबाट स्वीकृत बजेट रु १ लाखमा १० वर्ष देखि १८ वर्ष उमेर समूहका वालवालिकाहरुलाई उनीहरुको आत्मारक्षाको लागि तिनपाटन गाउँपालिका वडा नं. ७ को वडाकार्यालयले मिति २०८१ साल चैत्र २६ गते सूचना प्रकाशित गरेकोछ ।

आत्मारक्षा तालिम २०८२ साल बैशाख २ गतेबाट श्री हिराथुम्का मावि तोस्रामखोलामा संचालन हुने भएकोछ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.