सिन्धुली, जेठ १७
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ स्थित खोरभञ्याङमा आज दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्गमा बर्दिबासबाट सुनसरीतर्फ जाँदै गरेको ज ११ प २०५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १००६ नम्बरको अटो आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटना आज मिति २०८२ साल जेठ १७ गते दिउँसो करिब ४:२० बजे भएको थियो । दुर्घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी चौकी दुधौलीबाट प्रहरी जवान तेज नारायण धुरझारको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
घाइतेको विवरण यसप्रकार छः
- अनमोल लिम्बु, २५ वर्ष, मोटरसाइकल चालक, स्थायी ठेगाना: रामधुनी नगरपालिका–५, सुनसरी
- दुवै हात, खुट्टा र छातीमा चोट लागेको, अवस्था मध्यम, बोल्न नसक्ने ।
- हाल दुधौली नगर अस्पताल सिर्थौलीमा उपचाररत, ५:१० बजे धरान घोपामा रिफर ।
- सागर राई, २७ वर्ष, मोटरसाइकल पछाडि सवार
- अनुहार, ढाड र हातमा चोट, अवस्था मध्यम, बोल्न सक्ने ।
- दुधौली नगर अस्पताल सिर्थौलीमा उपचाररत ।
- अरुण पण्डित, २७ वर्ष, अटो सवार, ठेगाना: भारत, जिल्ला मोतिहारी, ग्राम रामपुर
- अवस्था गम्भीर, दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार पश्चात धरान घोपामा रिफर ।
- अनिता देवी शाह, ३५ वर्ष, अटो सवार, ठेगाना: नगराईन नगरपालिका–५, धनुषा
- दायाँ खुट्टामा चोट, अवस्था सामान्य ।
- हेन्स अस्पताल दुधौलीमा उपचाररत ।
- अभिमन्यु शाह, १२ वर्ष, अनिताको छोरा
- दुवै हात र बायाँ गालामा चोट, अवस्था मध्यम, बोल्न सक्ने ।
- हेन्स अस्पताल दुधौलीमा उपचाररत।
- संगिता कुमारी शाह, २५ वर्ष, अटो सवार, ठेगाना: मठियानी नगरपालिका–४, महोत्तरी
- टाउकोमा चोट, अवस्था मध्यम, बोल्न सक्ने ।
- हेन्स अस्पताल दुधौलीमा उपचाररत ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन अटो र मोटरसाइकल इलाका प्रहरी चौकी, दुधौलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मनकाे कुरा ब्यक्त गर्नुस