Click Chautari

सिन्धुलीको चपौलीमा १५ दिने अचार बनाउने तालिम सुरु: सीप, उद्यमशीलता र आत्मनिर्भरता प्रवर्द्धनमा नयाँ कदम



कमलामाई–३ चपौलीमा १५ दिने अचार बनाउने तालिम सुरु, उद्यमशीलता र आत्मनिर्भरता प्रवर्द्धनको अभियान

Advertisement

सिन्धुली — सीप सिकौँ, उद्यमी–आत्मनिर्भर बनौँ भन्ने उद्देश्यका साथ सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीमा आज एक विशेष कार्यक्रमबीच १५ दिने अचार बनाउने तालिम सुरु गरिएको छ।

Advertisement

तालिमको उद्घाटन कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख धु्रव ढकालको अध्यक्षता र वडा नं. ३ का अध्यक्ष खड्ग प्रसाद चौँलागाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। तालिम सिन्धुली कलाघर चपौलीमा सुरु गरिएको हो र असार ५ गतेसम्म सञ्चालन हुने जानकारी आयोजकले दिएको छ।

तालिममा २५ जना भन्दा बढी सहभागी रहेका छन्। सहभागीहरूमा कलाघरमा आबद्ध कलाकार मात्र नभई कमलामाई नगरपालिका–३ चपौली र वरपरका बस्तीहरू, विशेषगरी सुनकोशी गाउँपालिकाका स्थानीय बासिन्दाहरूको समेत सहभागिता रहनेछ। यसले तालिमलाई समुदायमैत्री र समावेशी बनाएको छ।

कार्यक्रममा सहभागीहरूलाई अनुभवी तथा दक्ष प्रशिक्षकहरूद्वारा स्थानिय फलफूल, तरकारी र जडीबुटी प्रयोग गरेर तयार गर्न सकिने दर्जनौँ परिकारका अचार बनाउने सीप प्रदान गरिनेछ।

उक्त तालिमको अर्को महत्वपूर्ण पक्ष भनेको—सिन्धुलीगढी भ्रमणमा आउने पर्यटक तथा कलाघर अवलोकनकर्ताहरूलाई लक्षित गर्दै व्यावसायिक अचार कोसेली उत्पादनलाई प्रवर्द्धन गर्नु रहेको छ। आयोजक उद्योग वाणिज्य कार्यालय सिन्धुलीका अनुसार, स्थानिय स्रोत–साधन प्रयोग गरी व्यावसायिक अवसर सिर्जना गर्दै साना घरेलु उद्यम सञ्चालन गर्ने सिप विकास तालिमको मुख्य उद्देश्य हो।

Advertisement

यस तालिममार्फत महिलाहरू, युवाहरू तथा साना किसानहरूलाई आत्मनिर्भर बनाउने र स्थानीय उत्पादनलाई बजारमा रूपान्तरण गर्ने आधारभूत ज्ञान प्रदान गरिनेछ।

सिन्धुली कलाघर परिसरमा भइरहेको तालिमले सीप आधारित स्वरोजगारको सम्भावनालाई मूर्तरूप दिइरहेको छ। यस प्रकारको तालिमले केवल खाना पकाउने सीप होइन, आर्थिक रूपान्तरण र सामाजिक सशक्तिकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.