Click Chautari

मरिण गाउँपालिका “पिएएन उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” बाट सम्मानित

सिन्धुली, जेठ २४

Advertisement
— सिन्धुलीको मरिण गाउँपालिकाले “प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन)” बाट प्रदान गरिने वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ जित्न सफल भएको छ। शिक्षा क्षेत्रमा निरन्तर सुधार, नविन पहलकदमी र प्रभावकारी कार्यान्वयनका कारण मरिण गाउँपालिकाले बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा मान्यता पाएको हो।

पोखरामा आयोजित पिएएनको दोस्रो राष्ट्रिय सम्मेलन २०८२ मा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरियो। सो अवसरमा प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमले मरिणले देखाएको शैक्षिक नेतृत्व, दृढ प्रतिबद्धता र समावेशी शिक्षाको अभ्यास उल्लेखनीय रहेको बताए।

२५ शैक्षिक सूचकमा मरिण गाउँपालिका उत्कृष्ट

मूल्यांकन समितिका अध्यक्ष प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा बनेको समितिले मुलुकभरिका गाउँपालिकाहरूमध्ये २५ वटा शैक्षिक मापदण्डका आधारमा मरिणलाई उत्कृष्ट घोषणा गरेको हो। मूल्यांकन सूचकहरूमा शिक्षाको पहुँच, गुणस्तर, शिक्षक तालिम, प्रविधिको प्रयोग, समावेशी अभ्यास, बाल संरक्षण र शैक्षिक पूर्वाधारजस्ता महत्वपूर्ण बुँदाहरू समावेश थिए।

Advertisement

शिक्षा क्षेत्रमा व्यापक सुधार

अध्यक्ष मोक्तानका अनुसार, “यो पुरस्कार सम्पूर्ण मरिणवासीका लागि गर्वको विषय हो। जनप्रतिनिधि, शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीहरूको साझा प्रयासको परिणाम स्वरूप सम्भव भएको हो।”

मरिण गाउँपालिकाले शिक्षा क्षेत्र सुधारका लागि दश वर्षे दीर्घकालीन योजना, स्थानीय भाषामा पाठ्यक्रम विकास, स्मार्ट प्रविधिको प्रयोग, निशुल्क र समावेशी शिक्षा, छात्रवृत्ति, आवासीय विद्यालय, कक्षा ११-१२ का छात्रालाई साइकल वितरण र स्नातक उत्तीर्ण अविवाहित किशोरीलाई नगद पुरस्कार जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

बाल विवाह न्यूनीकरण र सामुदायिक विद्यालय प्रवर्द्धन

मरिण गाउँपालिकाले विवाह गर्दा स्थानीय तहको सिफारिस अनिवार्य बनाएको छ, जसले बाल विवाह न्युनिकरणमा टेवा पुर्‍याएको छ। साथै, जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमै अध्ययन गर्नुपर्ने निर्णय पनि गरिए तापनि सो निर्णयमा हाल उच्च अदालतको अन्तरिम आदेश लागू छ।

शिक्षा सहजकर्ता र प्रविधि विस्तार

मरिण गाउँपालिकाले विवाह गर्दा स्थानीय तहको सिफारिस अनिवार्य बनाएको छ, जसले बाल विवाह न्युनिकरणमा टेवा पुर्‍याएको छ। साथै, जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीले सामुदायिक विद्यालयमै अध्ययन गर्नुपर्ने निर्णय पनि गरिए तापनि सो निर्णयमा हाल उच्च अदालतको अन्तरिम आदेश लागू छ।

Advertisement

गाउँपालिकाले आफ्नै स्रोतबाट शिक्षा सहजकर्ता, वडागत अभिभावक सहजकर्ता र समुदायमा आधारित बाल विकास केन्द्र स्थापना गरेको छ। १९ स्थानमा नयाँ शिक्षक दरबन्दी सिर्जना गरिएको छ भने, मावि तहसम्म थप २९ वटा दरबन्दी व्यवस्थापन गरेर पठनपाठनलाई सहज बनाइएको छ।

स्मार्ट विद्यालयको अभ्यास

मरिणका अधिकांश विद्यालयहरूमा आइसिटी प्रविधि जडान गरिएको छ। प्रविधिको प्रयोगले शिक्षण सिकाई प्रभावकारी बनेको छ। कोभिड-१९ को महामारीका बेला स्थानीय रेडियोमार्फत दूरशिक्षा कार्यक्रम सञ्चालन गरेर मरिणले जिल्लामै उदाहरणीय अभ्यास देखाएको थियो।

समावेशी, सुरक्षित र प्रेरणादायी विद्यालय वातावरण

विद्यालयमा कार्यरत शिक्षिकाहरूलाई सुत्केरी भत्ता र वैकल्पिक शिक्षक व्यवस्था, जुनियर रेडक्रस, स्काउट तालिम लगायतका कार्यक्रमले विद्यालय वातावरण समावेशी, सुरक्षित र प्रेरणादायी बनाएको छ। स्थानीय तामाङ भाषा र संस्कृति संरक्षणका लागि तामाङ भाषाको पाठ्यक्रम समेत विद्यालयमा पढाइँदै आएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.