Click Chautari

मरिण गाउँपालिका अध्यक्ष मोक्तानलाई मावि खयरसालको सम्मान

सिन्धुली, जेठ २७

Advertisement
– प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) बाट “वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” प्राप्त गरेपछि मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई मरिण गाउँपालिका–४ स्थित मावि मरिण खयरसालले विशेष सम्मान गरेको छ ।

मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र समुदायको तर्फबाट अध्यक्ष मोक्तानलाई सम्मान गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक लवाङ दोर्जे थिङका अनुसार बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका बन्न सफल मरिण गाउँपालिकाको नेतृत्वले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै अध्यक्ष मोक्तानलाई सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै अध्यक्ष स्याङ्तानले भने, “खोजेर भन्दा पनि कर्म गरेर पाइने सम्मान सदा टिकाउ हुन्छ । मरिणको शिक्षा सुधारका लागि पालिकाले चालेका कदमहरू, योजना र कार्यान्वयन नै आजको सम्मानको आधार बनेको हो ।” उनले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गतिविधिमा सहयोगका लागि आगामी बजेट र योजनामा प्राथमिकता दिन आग्रह समेत गरे ।

सम्मान ग्रहण गर्दै गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले पालिकाले पाएको पुरस्कार सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि, शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरूको सामूहिक प्रयासको परिणाम भएको बताए । “शिक्षा क्षेत्रको समग्र विकासका लागि हामी निरन्तर सक्रिय छौं । मावि मरिण खयरसालको शैक्षिक समृद्धिमा पनि हाम्रो विशेष ध्यान रहनेछ,” उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, वडा नं. ४ का अध्यक्ष जित बहादुर काल्तान, शिक्षा सहजकर्ता दीपक मैनाली, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.