Click Chautari

सिन्धुलीमा सवारी दुर्घटना : पैदलयात्रीसहित चार जना घाइते, टिपर चालक फरार

सिन्धुली, जेठ २८

Advertisement
– सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ स्थित कमला पुल नजिकैको मदन भण्डारी राजमार्गमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

भिमानबाट डकाहा तर्फ जाँदै गरेको ना ८ ख ७७३९ नम्बरको टिपरले घाँस काट्न गइरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । सोही क्रममा विपरित दिशाबाट आइरहेको प्र.३–०१–०२२ च ८२८२ नम्बरको कारलाई समेत ठक्कर दिँदा दुर्घटना भएकाे थियाे ।

Advertisement

दुर्घटनामा परेर दुधौली न.पा–३ झुङ्गाका करिब ४५ वर्षीय कृष्ण बहादुर कटुवाल गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ र उनी बोल्न नसक्ने अवस्थामा रहेका छन् ।

त्यसैगरी, सोही स्थानकी करिब ४५ वर्षीया मिन माया कटुवालको टाउको, छाती र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

त्यस्तै, दुर्घटनामा परेको कारका चालक बिराटनगर का ४५ वर्षीय प्रमोद रेग्मी र कारमा सवार ४४ वर्षीया तुलसा निरौला पनि घाइते भएका छन् । रेग्मीको दायाँ गाला र छातीमा चोट लागेको छ भने निरौलाको टाउको, छाती र ढाडमा चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको छ र उनीहरू बोल्न सक्ने अवस्थामा छन् । घाइते चारै जनालाई तत्काल उद्धार गरी बर्दिबासस्थित जनसेवा अस्पताल पठाइएको छ ।

दुर्घटनापछि टिपर चालक फरार भएका छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमान्डमा टोली परिचालन गरिएको थियो । टिपर नियन्त्रणमा लिइएको छ भने कार निकाल्ने कार्य भइरहेको जनाइएको छ । फरार चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.