Click Chautari

सबारी दुर्घट्ना घटाउन राखियो होडिङ बोर्ड

दुधौली, २९ जेठ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकामा ट्राफिक प्रहरी कार्यालयले सबारी दुर्घट्ना घटाउन जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ ।

उक्त राजमार्गमा बढ्दै गएको सबारी दुर्घट्नालाई न्युनिकरण गर्न दुर्घट्नाग्रस्त क्षेत्र पहिचान गरी शुक्रबार नौ ठाँउमा सचेतनामुलक होर्डिङ् बोर्ड राखिएको हो । दुधौली नगरपालिकाको ट्राफिक चोक, सिम्राही, सुगारे, खोरभज्याङ्, लखिमा चोक, सृजना नगर, खत्री चोक, कर्था र पोखरेमा उक्त बोर्ड रोखिएको ट्राफिक प्रहरी कार्यालय दुधौलीले जनाएको छ ।

ट्राफिक प्रहरीका असई उपेन्द्र महतोले राजर्गमा बढ्दै गएको दुर्घट्नालाई न्युनिकरण गर्न सर्बसाधारणले देख्ने गरी जनचेतना बृद्धि गर्न उक्त बोर्ड राखिएको बताउनुभयो ।

Advertisement

त्यस्तै ट्राफिक प्रहरी हवल्दार हरेराम खतिवडाले उक्त राजमार्गको दुधौली क्षेत्रमा मात्रै जेठ महिना भित्र मानविय क्षती पाँच जनाको भएको र त्यसमा एक जना बालकको मृत्यु भएको जानकारी दिनुभयो । बाँकी चार जना घाईते भएका उहाको भनाई छ ।

पछिल्लो समयमा मदन भण्डारी राजमार्गमा सबारी चाप बढ्दै गएको र सानाठूला गरी दैनिक तीन सयभन्दा बढी सबारी साधन गुड्ने ट्राफिक प्रहरीले जनाएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.