Click Chautari

भिमानमा ट्राफिक सचेतना अभियान : ला.प.से. सेवन गरेका तीन चालक नियन्त्रणमा

भिमानमा ट्राफिक सचेतना अभियान

सिन्धुली, १ असार

Advertisement

सिन्धुलीको कमलामाइ नगरपालीका ९ भिमानमा शनिबार सञ्चालन गरिएको ट्राफिक सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रममा लागु पदार्थ सेवन (ला.प.से.) गरेका तीन जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा इलाका प्रहरी कार्यालय भिमान, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, तथा जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले संयुक्त रुपमा भिमान बसपार्क क्षेत्रमा कार्यान्वयनमा ल्याएको अभियानमा बी.पी. राजमार्ग तथा मदन भण्डारी राजमार्ग हुँदै गुड्ने सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको उक्त अभियानमा जम्मा ८१ वटा सवारी साधनका चालकहरूको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ला.प.से. गरेको पाइएका तीन चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

नियन्त्रणमा लिइएका चालकहरूमा सर्लाही हरीपुर नगरपालिका–४ का ३२ वर्षीय जितेन्द्र चौधरी, काभ्रे चौरी देउराली गाउँपालिका–१ का २४ वर्षीय मनोज खरेल र धनुषा लक्ष्मिनिया गाउँपालिका–४ का ४४ वर्षीय समिर कवारी रहेका छन्।

तीमध्ये चौधरी प्र.२–०३–००१ ज ००५० नम्बरको युइङ्गर गाडी चलाउँदै काठमाडौँतर्फ जाँदै थिए। खरेल बा ४ ख २९८१ नम्बरको हायस लिएर झापा बाट काठमाडौँतर्फ गइरहेका थिए भने कवारी बा ३ ख ४९८० नम्बरको बस लिएर सिन्धुलीबाट धनुषातर्फ गइरहेका थिए।

इलाका प्रहरी कार्यालय भिमानले तीनै चालकलाई थप अनुसन्धानका लागि कार्यालयमा राखिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, प्रहरी उपरीक्षक लालध्वज सुवेदी, ट्राफिक प्रहरी टोली र जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।

Advertisement

प्रहरीका अनुसार यस्ता नियमित स्वास्थ्य परीक्षण अभियानहरूले चालकहरूमा ट्राफिक नियमपालनको चेतना अभिवृद्धि गर्नुका साथै सवारी दुर्घटनामा समेत कमी ल्याउने अपेक्षा गरिएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.