Click Chautari

सिन्धुलीमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

सिन्धुली, असार ८

Advertisement

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा आज अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सहायक सामग्री वितरण गरिएको छ । जिल्ला महिला अपाङ्ग संघको आयोजनामा तथा वडा नम्बर ४ को सहयोगमा आयोजित कार्यक्रममा विभिन्न सहायक उपकरणहरू प्रदान गरिएको हो ।

कार्यक्रममा संघकी अध्यक्ष दिपा देवकाटाको अध्यक्षता तथा वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ४ भित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई २ थान ह्विलचियर, ३ थान बैसाखी र ३ थान कम्बोसिएर वितरण गरिएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ढकालले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र सेवा वितरणको लागि वडाबाट बजेट छुट्याइएको जानकारी दिनुभयो । “वडामा रहेका अपाङ्गता भएका नागरिकहरूको सही तथ्यांक राख्न सके उनीहरूका लागि आवश्यक सामग्री तथा सेवा पुर्‍याउन सजिलो हुन्छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, संघकी अध्यक्ष देवकाटाले अपाङ्गता भएका व्यक्तिहरूको हक र पहुँच सुनिश्चित गर्न सबै तहका सरकारहरू जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका नागरिकलाई सहज वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

सहयोग सामाग्री वितरणसँगै आयोजकले अपाङ्गता भएका नागरिकहरूलाई आगामी दिनमा समेत आवश्यक सेवा तथा उपकरण प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.