Click Chautari

गोलञ्जोर गाउँपालिकाको एसईई नतिजा: सकारात्मक संकेतसँगै सुधारको खाँचो देखाउँदै

गोलञ्जोर, सिन्धुली – असार १४

Advertisement
। गोलञ्जोर गाउँपालिकाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। गाउँपालिकाभित्रका दश वटा माध्यमिक विद्यालयबाट कुल ३५० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २२१ जना उत्तीर्ण भएका छन् भने १२९ जनाले ग्रेड (GPA) प्राप्त गर्न सकेनन् ।

यस नतिजाले केही विद्यालयको उत्कृष्ट शैक्षिक उपलब्धि देखाएको छ भने केहीले गहिरो चिन्ता थपेका छन् । समग्रमा हेर्दा गाउँपालिकाको सफलतादर ६३.१४ प्रतिशत रहेको छ ।

यसपटक गोलञ्जोर–७ मा रहेको श्री प्याराडाइज बोर्डिङ स्कुलले शतप्रतिशत सफलतासहित सबैभन्दा उत्कृष्ट विद्यालय बनेको छ । जसमा १२ जना विद्यार्थी सहभागी भएका यस निजी विद्यालयका सबैले ग्रेडसहित सफलता प्राप्त गरेका छन् ।

Advertisement

त्यसैगरी, श्री शारदा माध्यमिक विद्यालय बेखटाडी (गोलञ्जोर–४) बाट ३२ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २७ जना उत्तीर्ण भए भने ५ जनाले ग्रेड प्राप्त गर्न सकेनन्। विद्यालयका १३ जना विद्यार्थीले ३.६ देखि ४.० GPA ल्याएका छन्, जुन गाउँपालिकाभित्र संचालित सामुदायिक विद्यालयको सबैभन्दा उत्कृष्ट नतिजा हो ।

श्री बाल मावि सुलिभन्ज्याङ (गोलञ्जोर–२) ले पनि सन्तोषजनक प्रदर्शन गर्दै २८ मध्ये २३ विद्यार्थीलाई सफल बनाएको छ भने ५ जना ननग्रेड भएकाछन ।

श्री जनज्योति मावि खुर्कोट (गोलञ्जोर–७) मा सबैभन्दा बढी ८२ जना विद्यार्थी सहभागी हुँदा ६६ जना अर्थात ८०.४८ प्रतिशत उत्तीर्ण भए भने १६ जनाले ग्रेड प्राप्त गरेनन्।

त्यसैगरी, श्री वत्सला माध्यामिक विद्यालय दिङदिङकिराते (गोलञ्जोर–४) ले कुल सहभागी २८ जना मध्ये २१ जना अर्थात ७५ प्रतिशत सफल भएकोछ । यस विद्यालयमा ७ जना विद्यार्थी ग्रेडविहीन रहेका छन् ।

Advertisement

तर, सबै विद्यालयको नतिजा यति सकारात्मक छैन।

श्री कामद मावि डुडभन्ज्याङ (गोलञ्जोर–१) बाट ४५ विद्यार्थी सहभागी भए । तीमध्ये २९ जना उत्तीर्ण भए भने १६ जना ग्रेडविहीन बने ।

श्री मावि नयाँखर्क (गोलञ्जोर–५) मा २१ सहभागीमध्ये १० जना उत्तीर्ण भए, ११ जना ग्रेडविहीन रहे।

श्री कौशिका मावि ग्वाल्टार (गोलञ्जोर–३) मा पनि ६४ जना सहभागी मध्ये ४२ जना ग्रेडविहीन रहे।

त्यस्तै, श्री मङला माबि घोक्सिला (गोलञ्जोर–६) मा १५ जना सहभागी भएका मध्ये, ५ जना मात्र उत्तीर्ण भए भने १० जना ग्रेडविहीन बने ।

  • कुल सहभागी: ३५०
  • उत्तीर्ण: २२१
  • ग्रेडविहीन (NG): १२९
  • ३.६–४.० GPA ल्याउने: २० जना
  • ३.२–३.६ GPA ल्याउने: ४९ जना
  • २.८–३.२ GPA ल्याउने: ७६ जना
  • २.४–२.८ GPA ल्याउने: ७० जना
  • २.०–२.४ GPA ल्याउने: ३ जना

यस वर्षको नतिजाले गोलञ्जोर गाउँपालिकामा शिक्षा क्षेत्रमा अवसर र चुनौती सँगसँगै रहेका स्पष्ट देखाएको छ। कतिपय विद्यालयमा विद्यार्थीको नियमितता, शैक्षिक वातावरण र शिक्षकको समर्पणले राम्रो नतिजा दिएको छ। यद्यपि, कतिपय विद्यालयमा सिकाइको गहिराइ, तयारी र व्यवस्थापन पक्षमा अझै सुधारको खाँचो देखिएको छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीद्वारा हस्ताक्षरित नतिजा प्रतिवेदनले सामुदायिक विद्यालयहरूमा स्रोत अभाव, वातावरणीय चुनौती र शैक्षिक असमानताको असरलाई उजागर गरेको छ। पालिकाले आगामी वर्ष सुधारका योजना अघि बढाउने संकेत पनि दिएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.