Click Chautari

सिन्धुलीको रानीबासमा मोटरसाइकल दुर्घटना: एकजनाको मृत्यु, किशोर घाइते

दुर्घटना फाइल फाेटाे

रातको समयमा अनियन्त्रित मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय राजेन्द्र दनुवारको मृत्यु

कमलामाई, असार १६। सिन्धुलीको कमलामाई नगरपालिका–१४, रानीबासमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ भने एक किशोर घाइते भएका छन्। दुर्घटना मिति २०८२ असार १५ गते राति करिब ११:५० बजे मदनभण्डारी राजमार्ग अन्तर्गत रानीबासमा भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई–१४, तल्लो रानीबासका २१ वर्षीय मनिष धामीले चलाएको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल भिमानबाट रानीबासतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कमलामाइर् नगरपालिका–१४, चन्दनपुर निवासी राजेन्द्र कुवँर दनुवार रहेका छन् । उनलाइ छाती र टाउकाेमा गम्भिर चाेट लागेपछि उपचारका लागि जनसेवा अस्पताल बर्दिवास लैजाँदै गर्दा बाटाेमा मृत्यु भएकाे बताइएकाेछ ।

यसैगरी करण कुमर, उमेर करिब १४ वर्ष, ऐ.ऐ. (ठेगाना खुलाइएको छैन), विदेश कुमरका छोराकाे दायाँ कुम र दायाँ हातमा चाेट लागि हाल जनसेवा अस्पताल बर्दिवासमा उपचाररत रहेकाे र उनकाे अवस्था सामान्य रहेकाे प्रहरीकाे भनाइछ । दुर्घटनापछि मोटरसाइकल चालक मनिष धामीलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.