Click Chautari

नार्के-दाउने सडकखण्ड पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प

सिन्धुली, असार १६ । बिपि राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्के–दाउने सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको लेदो तथा पहिरोले गर्दा उक्त खण्डमा दुईतर्फी सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नार्के क्षेत्रमा बिहानैदेखि माथिबाट खसेको पहिरोले राजमार्ग छेकेको छ र अहिले उक्त सडकखण्ड खुलाउने प्रयास तीव्र रूपमा जारी छ । सडक खुलाउने कार्यमा सडक विभाग, प्रहरी र स्थानीयबासी जुटिरहेका छन् ।

यात्रु तथा सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न काभ्रे ट्राफिक प्रहरीले अनुरोध गरेको छ । वर्षायामको समयमा राजमार्गमा पहिरोको जोखिम बढी हुने भएकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।

Advertisement

अत्यावश्यक सूचना तथा अपडेटका लागि स्थानीय प्रशासन र ट्राफिक कार्यालयको सूचनामा ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.