Click Chautari

हरिहरपुरगढीमा उत्कृष्ट विद्यालय तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

शिक्षा क्षेत्रको प्रगतिमा स्थानीय तहको प्रतिबद्धता देखिने कार्यक्रम सम्पन्न

Advertisement

हरिहरपुरगढी, असार १८। हरिहरपुरगढी गाउँपालिकामा आज एक विशेष समारोहबीच शैक्षिक सत्र २०८१ मा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता र प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नं. १ का अध्यक्ष जितबहादुर थिङ, वडा नं. २ का अध्यक्ष विश्व राई, वडा नं. ८ का अध्यक्ष धनबहादुर मोक्तान, कार्यपालिका सदस्य मोहनकाजी बिक लगायत जनप्रतिनिधिहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो ।

Advertisement

उत्कृष्ट विद्यालय सम्मानित

गाउँपालिकाले शिक्षा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई नगदसहित सम्मान गरेको हो । जसमा मावि महेन्द्रझ्याडी माध्यमिक तह (कक्षा ८–१०), श्री जनप्रभात आधारभूत विद्यालय, चैनपुर (निम्न माध्यामिक तह कक्षा १–८) र मनकामना आधारभूत विद्यालय, जखौली प्रारम्भिक तह (कक्षा १–५) रहेका थिए । यी विद्यालयहरूलाइ जनही रू ३५ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएकाे थियाे ।

२०८०/८१ मा प्राप्त गरेका उपलब्धिका आधारमा विद्यार्थी सम्मान

शैक्षिक सत्र २०८० मा शैक्षिक उपलब्धी हासिल गरेकाे अाधारमा छात्र–छात्राहरूलाइ सम्मान गरिएकाे थियाे जसमा गाँउपालिका तहमा कक्षा ८ का मावि महेन्द्रझ्याडीका छात्र संजय कुमार लाेप्चन र छात्रामा मंगलीमाया स्याङ्तान, माध्यामिक शिक्षा परिक्षा (एस.इ.इ) तर्फ भानुभक्त मावि, तिनकुना का छात्र सुरज नेपाली, र छात्रा ईश्वरी गोले थिए भने कक्षा १२ मा मावि महेन्द्रझ्याडीका छात्र मनराज थिङ र छात्रा धनमाया माझी रहेका थिए ।

Advertisement

यसैगरी शैक्षिक सत्र २०८१ काे शैक्षिक उपलब्ध हासील गर्नेमा कक्षा ८ बाट क्यानेश्वर मावि, पान्तलेकाे छात्र आशिष मोक्तान र छात्रा तर्फ जनहित मावि, बोटेनी कि निशा भाेलन थिए । भने एस.इ.इ. तर्फ मावि महेन्द्रझ्याडीका छात्र साेमित राइ र साेही विद्यालयका छात्रा सितामाया बल रहेका थिए ।

उत्कृष्ट विद्यार्थीहरूलाइ जनही रू १५ हजान नगद, सम्मानपत्र र दाेसल्ला ओढाएर प्रोत्साहन प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ ले विद्यार्थीसँग सोझो संवाद गर्दै “मेरो सफलताभित्र राष्ट्रको सफलता हुन्छ” भन्ने भावनाका साथ राष्ट्रको निम्ति आवश्यक ज्ञान आर्जन र व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

“आज प्रविधिको युग हो, फेसबुकमा समय खर्च गर्नुको सट्टा व्यावहारिक ज्ञान हासिल गर्नुहोस्। सिक्नुस्, अनि सिकाउनुस्,” उहाँले भन्नुभयो, “ज्ञान केवल किताबमा सीमित नहोस्, व्यवहारबाट प्रमाणित होस्।”

उहाँले विद्यार्थीहरूलाई आलोचनात्मक चिन्तन, प्रतिस्पर्धा र व्यवहारिकता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी गाउँपालिकाअध्यक्ष वज्रध्वज वाइबाले आफ्नो कार्यकाल प्रारम्भदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै भन्नुभयो उहाँले भन्नु भयाे

“हामीले स्रोतसाधनको भरपूर उपयोग गर्दै शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छौं। विद्यालयलाई कसरी सक्षम बनाउने, विद्यार्थीलाई कसरी दक्ष बनाउने भन्नेमा गम्भीर छौं।”

उपाध्यक्ष चेखबहादुर थिङले संविधानमा मौलिक हकको रूपमा रहेको शिक्षालाई व्यवहारिक र प्रविधिमैत्री बनाउन तीनै तहका सरकारको सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो।

हरिहरपुरगढी गाउँपालिकाको यो सम्मान कार्यक्रमले स्थानीय सरकार शिक्षामा कत्तिको गम्भीर र सक्रिय हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। विद्यालय, विद्यार्थी र अभिभावक तीनै पक्षलाई प्रोत्साहन दिने खालको यस्तो कार्यक्रमले आगामी दिनमा शिक्षा गुणस्तरीय र नतिजामूलक बनाउने अपेक्षा गरिएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.