Click Chautari

सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृतहरू असन्तुष्ट : नियमविपरीत हस्तक्षेपप्रति गम्भीर आपत्ति

सिन्धुली, असार १९

Advertisement
। सिन्धुली जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरूले सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीमाथि भइरहेको ‘अनुचित हस्तक्षेप’प्रति गम्भीर आपत्ति जनाउँदै एकजुट भएर आवाज उठाएका छन् ।

जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरूको तर्फबाट सोमबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत दर्जीले स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित कानून र कार्यविधि अनुसार निष्पक्ष र जिम्मेवार ढंगले कार्य सम्पादन गर्दै आएको स्पष्ट गरिएको छ । तथापि, नीति तथा कार्यक्रम पारित भइसकेको अवस्थामा पनि त्यसमा प्रश्न उठाउँदै कार्यक्रम स्थगन गर्न गरिएको दबाबप्रति उनीहरूले ‘गम्भीर लक्षण’ को रूपमा मूल्याङ्कन गरेका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ,

Advertisement

वर्षे बजेट तथा कार्यक्रमको कार्यान्वयनमा ढिलाइ, भुक्तानीमा भएको असमानता र निरन्तर हस्तक्षेपका कारण सेवा प्रवाह, विकास निर्माण र नियमित कामकाजमा प्रत्यक्ष असर पुगेको छ।

प्रशासकीय अधिकृतहरूले कार्यसम्पादनमा बाधा पुर्‍याउने कार्यलाई गैर-जिम्मेवार, दुःखद र कानुनी मर्यादाविपरीत भनेका छन् । उनीहरूले प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीमाथि भइरहेको अनुचित दबाब तत्काल रोक्न माग गर्दै समग्र प्रशासनिक वातावरण सहज र कार्यसम्पादनमैत्री बनाउन सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा थप भनिएको छ की,

हामी प्रमुख प्रशासकीय अधिकृतहरू सेवा प्रवाहमा समर्पित छौं। विकास निर्माण, प्रभावकारी सेवा, सुशासन र पारदर्शिताको पक्षमा दृढ छौं । यसका लागि सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य र ऐक्यबद्धता आवश्यक छ ।

Advertisement

साथै विज्ञप्तीमा उल्लेख गरिएकाेछ कि जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, पत्रकार, नागरिक समाज, सुरक्षा निकायलगायत सबै पक्षहरूलाई कानुनी प्रक्रिया, मर्यादा र पदीय उत्तरदायित्वको सम्मान गर्न आग्रह गरिएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.