Click Chautari

सिन्धुलीमा लागूऔषधसहित श्रीमान्–श्रीमती पक्राउ

सिन्धुली, असार २० ।

Advertisement
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषध खैरो हिरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू कमलामाई नगरपालिका–४, ढुङ्ग्रेवासमा डेरा गरी बस्दै आएका विनोद परियार (२६) र उनकी श्रीमती अञ्जु श्रेष्ठ (२४) हुन्।

प्रहरीका अनुसार २०८२ साल असार १९ गते राति करिब ९:२५ बजे खैरो हिरोइन बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली ढुङ्ग्रेवास पुग्दा उनीहरूले साथमा रहेको प्लास्टिकको पोका नजिकैको झाडीमा फालेर भाग्ने प्रयास गरेका थिए।

प्रहरीले फ्यालिएको स्थानबाट फेला पारेका चारवटा सेतो प्लास्टिक खोल्दा खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ भेटिएको थियो। त्यसलाई तौल गर्दा प्लास्टिकसहित ५.५९० ग्राम र प्लास्टिक हटाएर शुद्ध ३.७३० ग्राम भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका दम्पतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला अदालत सिन्धुलीबाट म्याद थप अनुमति लिइएको र हाल थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्नहरूमाथि कडा निगरानी राखिएको र यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ।

— Click Chautari संवाददाता

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.