Click Chautari

सडक अपडेट: देशका प्रमुख ८ सडकखण्ड अवरुद्ध

काठमाडौँ । बर्षापछि पहिरोका कारण देशका प्रमुख ८ सडकखण्ड अवरुद्ध रहेका छन् ।

Advertisement

संखुवासभाको खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग असार ६ गतेदेखि अवरुद्ध रहेको छ भने विपी राजमार्ग साउन १८ गतेसम्म रातिमा बन्द गरिएको छ ।

अवरुद्ध रहेका प्रमुख सडक खण्ड:

Advertisement

१- संखुवासभाको भोटखोला-४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा  खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग  पूर्णरुपमा अबरोध भएको छ । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

२- विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडक हाल देशमा मनसुन सक्रिय भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागि असार २१ गतेदेखि साउन १८ गतेसम्म बेलुका १८:३० देखि  विहान ०५:०० बजेसम्म सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने आउने दुबै तर्फका सार्वजानिक तथा नीजि सवारी साधनलाई आवागमनमा रोक लगाईएको छ ।

३-  रुकुम पश्‍चिमको आठबिसकोट-६ रिजिगार खोलामा जाजरकोट-डोल्पा-भेरी करिडोर सडक खण्ड असार ९ गतेदेखि रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा-भेरी  करिडोर सडक खण्ड पूर्ण रुपमा अवरोध भएकोछ र पानीको वहाब घटे पश्‍चात् मात्र सडक सञ्चालन हुनेछ ।

४- ललितपुर र मकवानपुर जोड्ने  कान्ति लोकपथ सडक असार १० गते देखि अर्को सुचना नआएसम्मको लागि  बेलुका १९:०० बजेदेखी बिहान ०६:०० बजे सम्मको लागी  सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाईएको छ ।

Advertisement

५- काठमाण्डौ:- फर्पिङ- कुलेखानी  सडक खण्डको फर्पिङबाट हात्तिगौँडा सम्मको सडक निर्माणको लागि असार १२ गतेदेखि २५ गतेसम्म बन्द रहने हुँदा उक्त मार्गमा चल्ने  सवारी साधनहरुलाई बैकल्पिक सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको छ ।  

६- रोल्पाको परिवर्तन-५ ग्रामजिमस्थित सहिद राजमार्गको ग्रामजिमस्थित घोराही रुकुम सहिद राजमार्गमा माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरोध भएकोमा असार २१ गतेदेखि अवरुद्ध भएको र हाल एकतर्फी सुचारु भएको छ ।

७- नवलपरासी पूर्व बिनयी त्रिवेणी-२ दाउन्नेको बिश्वकर्मा मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग बर्षातको कारण बाटो हिलो र चिप्लो हुन गई पूर्वबाट पश्चिम तर्फ जाने सवारी साधनहरु उकालोमा उक्लन नसकेको असार २१ गते साँझदेखि एकतर्फी सुचारु भएको जसमा पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनहरु चलिरहेका छन् ।

८- जाजरकोटको छेडागार्ड- ३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरोध भएको छ ।

–एभरेष्ट न्यूज एजेन्सी,

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.