Click Chautari

कमला नदी जलाधार संरक्षणमा चुरे उत्थानशिल आयोजना प्रभावकारी

"छेकबाँध निर्माण गरिएको दृश्य, सिन्धुलीको कमलामाई नगरपालिका–८ मा खहरे कटान रोकथामको उद्देश्यले गरिएको संरचना" तस्वीरः बाबुराम देवकाेटा

सिन्धुलीका तीन स्थानीय तहमा पाँच वर्षदेखि सञ्चालनमा रहेको कार्यक्रमले भू–क्षय, खहरे कटान र बाढीजन्य जोखिम घटाउँदै

Advertisement

सिन्धुली, असार २३ । चुरे क्षेत्रमा हुने भू–क्षय तथा नदी कटान नियन्त्रणका लागि चुरे उत्थानशिल आयोजना प्रभावकारी बनेको छ ।

कमला नदी जलाधार क्षेत्र संरक्षण गर्ने उद्देश्यले सञ्चालित उक्त आयोजना चुरे क्षेत्रमा हुने भू–क्षय र नदी कटान रोकथामका लागि प्रभावकारी बनेको हो । संयुक्त राष्ट्र सङ्घको सहयोगमा चुरे उत्थानशिल आयोजना जङ्गल, जमिन र जल संरक्षण गर्ने उद्देश्यले जिल्लाका दुधौली नगरपालिका, कमलामाई नगरपालिका र तीनपाटन गाँउपालिकामा विगत पाँच बर्षदेखि सञ्चालन भई रहेको छ ।

विभिन्न स्थानमा सञ्चालित उक्त आयोजना अन्तर्गत चुरे क्षेत्रका विभिन्न ठाँउमा खोल्सा र झोरामा बाँसको छेकबार, तारजाली भरेर छेकबाँध, संरक्षण पोखरी, झाडी सरसफाई गरी विरुवा संरक्षण लगायतका काम भई रहेको खोल्साखाल्सीमा स्थानीयले जनाएका छन् । उक्त आयोजनाले स्थानीयसँग सहकार्य गरी काम गरि रहेको कमलामाई नगरपालिका–८ का अध्यक्ष कोमलकुमार श्रेष्ठ बताउनुहुन्छ ।

Advertisement

उहाँले भन्नुभयो, ‘वडाबाट हुन नसकेको काम उक्त आयोजनाबाट भई रहेको छ । यस वडामा कमला नदीको सहायक जलाधार क्षेत्र खहरेको कटानबाट असुरक्षित बस्ति संरक्षण, बाढी नियन्त्रणका लागि छेकबाँध, सुख्खा पोखरी निर्माण लगायतका काम भएका छन् । त्यसले कमलो भू–बनौट रहेको चुरे जङ्गलको ढुङ्गा, माटो, गिटी र बालुवा बचाउन सहयोग पुगेको छ ।’

कमला नदी जलाधार संरक्षणमा चुरे उत्थानशिल आयोजना प्रभावकारी
“छेकबाँध निर्माण गरिएको दृश्य, सिन्धुलीको कमलामाई नगरपालिका–८ मा खहरे कटान रोकथामको उद्देश्यले गरिएको संरचना” तस्वीर ः बाबुराम देवकाेटा

उक्त आयोजनासंयुक्त राष्ट्र सङ्घको आर्थिक(ग्रिन क्लाईमेट फण्ड) सहयोगमा नेपालको कोसी, मधेस र बागमती प्रदेशमा सञ्चालन भई रहेको छ । बागमती प्रदेशको पनि सिन्धुली जिल्लामा कमला नदीको जलाधार क्षेत्र अन्तर्गत आर्थिक बर्ष ०७८/०७९ देखि सात बर्षका लागि कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाँउपालिकामा सञ्चालन हुदै आएको छ । सुरुको दुई बर्ष योजना बनाउने प्रारम्भिक चरणमा बितेको र त्यसपछि योजना कार्यान्वयन भई रहेको आयोजनाले जनाएको छ ।

उक्त आयोजनाका प्रमुख चुडामणी खतिवडाले छेकड्याम बनाई माथि(मुहान)बाटै चुरेको माटो, ढुङ्गा र बालुवालाई रोक्ने र सङ्लो पानी बग्न दिने आयोजनाको उद्देश्य रहेको उहाँले जानकरी दिनुभयो । उहाँले आयोजना स्थानीयसँगको सहकार्यमा प्रभावकारी ढङ्गले कार्यान्वयन भई रहेको चर्चा गर्दै कमला नदीको जलाधार क्षेत्र संरक्षण गर्ने कार्य भई रहेको बताउनुभयो ।

जिल्लामा यो बर्ष प्राकृतिक पुनर्उत्पादन सहयोग सम्बन्धि ६० वटा योजना सञ्चालन भएका छन । ती मध्ये वन कार्य योजना सहयोगका २४ वटा, नदी किनारा स्थिरिकरण तथा गल्छी नियन्त्रणका २८ वटा, संरक्षण पोखरी चार वटा र छेकबाँध चार वटा रहेका आयोजनाका योजना तथा अनुगमन अधिकृत प्रलेस बस्नेतले जानकारी दिनुभयो । चुरे संरक्षण सम्बन्धि तालिम, गोष्ठि, कृषक पाठशाला, नर्सरी, बृक्षा रोपण जस्ता गतिविधि भई रहेको उहाँको भनाई छ ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख कार्साङ् लामाले आयोजनाले चुरे क्षेत्रमा हुने भू–क्षय तथा खहरे नियन्त्रणका लागि शिरबाट रोक्दै नियन्त्रण गर्ने काम भई रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त कार्य प्राविधिक हिसाबले राम्रो र वैज्ञानिक पनि लाग्यो ।’

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.