Click Chautari

पार्टी विरोधी गतिविधिमा संलग्न नेताहरूलाई नेपाली कांग्रेसको कारवाही, निलम्बन र निस्कासन

पार्टी विरोधी गतिविधिमा संलग्न नेताहरूलाई नेपाली कांग्रेसको कारवाही, निलम्बन र निस्कासन
Advertisement

काठमाडौँ , असार २५ । नेपाली कांग्रेसले गएको संसदीय निर्वाचनमा पार्टी विरोधी काम गरेको भन्दै नेताहरूलाई कारबाही गरेको छ । कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना संयोजक रहेको केन्द्रीय अनुशासन समितिले सो कारवाही गरेको हो ।

कारवाही गरिएका प्रमुख नेतामा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, पर्सा-१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेतलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) ( ख) (घ) अनुसार निजहरुलाई १ (एक) वर्षका लागि निलम्बन गरिएको छ ।  

Advertisement

त्यस्तै धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरिएको छ । 

त्यसैगरी धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका-१ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की-२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगर-२ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगर-१ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगर-२ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगर-१ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगर-५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी समेतले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार निजहरुलाई ६ (छ) महिना र नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाको लागि निलम्वन गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक संजाल, अडियो -भिडियो लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरुका आधारमा कारवाहीको निर्णय गरेको जनाएको छ ।

–एभरेष्ट न्यूज एजेन्सी,

Advertisement

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.