Click Chautari

सिन्धुली उद्योग वाणिज्य संघको गोलन्जोर शाखा उद्घाटन, ११ सदस्यीय तदर्थ समिति गठन

गोलन्जोर, सिन्धुली, असार २८ । सिन्धुली उद्योग वाणिज्य संघको गोलन्जोर शाखा आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। गोलन्जोर गाउँपालिका–३ स्थित ग्वाल्टारमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद पोखरेल रहेका थिए भने विशेष अतिथिको रूपमा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र वडा नं. २ का अध्यक्ष दौलत कार्कीको उपस्थिति रहेको थियो।

कार्यक्रममा गोलन्जोर गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ सिन्धुलीका पदाधिकारीहरू, प्रहरी चौकी ग्वाल्टारका प्रमुख तथा स्थानीय समाजसेवीहरूको समेत उल्लेखनीय सहभागिता थियो। कार्यक्रम शाखा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव ओमकुमार कार्कीले गरेका थिए।

गोलन्जोर गाउँपालिकाबाट व्यवसाय दर्ता गराएका ६१ जना सदस्यको सहभागिताबाट गठन गरिएको ११ सदस्यीय तदर्थ समितिको नेतृत्व रामकुमार श्रेष्ठले गरेका छन् । समितिमा रामहरि बरालतेजबहादुर थापा उपाध्यक्ष, ओमकुमार कार्की सचिव, नारायणकुमार श्रेष्ठ सह–सचिव नवराज श्रेष्ठ कोषाध्यक्ष, तथा सरस्वती श्रेष्ठ, प्रकाश बाबु श्रेष्ठ, रविना बम्जन, सोमबहादुर राई, र चुडाराज सापकोटा सदस्यको रूपमा चयन भएका छन् ।

Advertisement

स्थानीय उद्यमशीलता र व्यापार प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएको यो शाखाको स्थापना गोलन्जोर क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । अध्यक्ष श्रेष्ठले गोलन्जोरमा व्यवसायिक सम्भावनालाई नयां उचाइमा पुर्‍याउने प्रतिबद्धता जाहेर गर्दै सबै व्यवसायी, युवा उद्यमी, र स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.