सिन्धुली, साउन ८ । सिन्धुली जिल्लाको मरिण गाउँपालिका–५ फलेचुरमा एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा मरिण गाउँपालिका–५ बडिनुहानकी अन्दाजी २१ वर्षीया अनु गोले (अन्जु) रहेकी छिन्। उनी राजकुमार भोलनकी श्रीमती हुन्।
प्राप्त जानकारी अनुसार गोले कोदो रोपेर घर फर्किने क्रममा अचानक बेहोस भएकी थिइन्। निजसँगै खेतमा गएका स्थानीयले उनलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पुर्याएका थिए। तर, उपचारको क्रममा गोलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो।
गोलेको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने आवश्यक अनुसन्धान अघि बढाइएको छ।
मनकाे कुरा ब्यक्त गर्नुस