Click Chautari

सिन्धुलीको भिमानबाट लागुऔषधसहित चार जना पक्राउ

सिन्धुलीको भिमानबाट लागुऔषधसहित चार जना पक्राउ

भिमान सिन्धुली, श्रावण १४ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोष्टमा सवारी जाँचका क्रममा खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूमाथि इलाका प्रहरी कार्यालय भिमानबाट थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका व्यक्तिहरूमध्ये दुई जना भारतीय नागरिक रहेका छन् । भारतको विहार राज्य अन्तर्गत खजुरवाड, जोगवनी वडा नं. ५ का अन्दाजी ३० वर्षीय मोहम्मद रिजवान र सोही स्थानका अन्दाजी ३५ वर्षीय मोहम्मद इकरार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६०४२ नम्बरको हायसमा सवार थिए । प्रहरीले उनीहरूलाई जाँच गर्दा साथमा रहेको झोलाबाट खैरो हिरोइन जस्तो देखिने ११.५०० ग्राम गिलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो ।

Advertisement

त्यस्तै, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय सरोज बास्तोला र सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ का अशोक हिङ्ममाङ झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४५३६ नम्बरको हायसमा सवार थिए । उनीहरूको साथबाट पनि खैरो हिरोइन जस्तो देखिने १६.४०० ग्राम गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई आज सम्मानित सिन्धुली जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्न अनुमति लिइएको छ । प्रहरीले उनीहरूमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइरहेको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.