सिन्धुली, भदौ १९ । नेपाल तरुण दल सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं. ५ को वडा भेला आज सम्पन्न भएकोछ । वडासभापित हरिसरणा वस्नेतकाे अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि नेपाल तरुण दल केन्द्रिय सदस्य सुजन थापामगर रहेका थिए ।

भेलाले तरुण दल गोलञ्जोर गाउँपालिका वडा नं. ५ मा नयाँ नेतृत्व चयन गरेको छ । जसमा भुवन गजुरेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
कार्यसमिति उपसभातिमा सन्तोष हायु, सचिवमा उत्तम थापा, कोषाध्यमा सविना वरुवाल र सदस्यमा क्रमशः विशास हायु, गणेश भुजेल, युवराज थापा, युवराज बस्नेत, अम्रेश बस्नेत, गणेश श्रेष्ठ, विनोद विक, निशान थापा र रिता मगर रहेका छन् ।
यसैगरी वडा भेलाले ९ सदस्यीय पालिका प्रतिनिधिहरु समेत छनौट गरेको छ जसलमा भुवन गजुरेल, संजय भूजेल, प्रकाश थापा, युवराज बस्नेत, रुपेश थापा, रिता मगर, सन्तोष हायु, सविना वरुवाल र निशान थाा रहेका छन् ।
त्यसैगरी क्षेत्रिय प्रतिनिधीहरुमा सविना बरुवाल, इश्वर थापा र ओम विक्रम थापा रहेका छन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधी सुमन प्रसाद कोइराला, गोलञ्जोर गाउपालिका सभापति मोतिराज सापकोटा, नेपाल विद्यार्थी संघ सभापति भरत विक लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।