Click Chautari

सिन्धुलीमा यात्रुबस दुर्घटना : १७ जना घाइते

दुर्घटना फाइल फाेटाे

सिन्धुली, असोज १३ गते । आज बिहान करिब ४ः३० बजे सिन्धुलीको दुधौली नगरपालिका–५ घारीथुम्सीस्थित मदनभण्डारी राजमार्गमा एक यात्रुबस दुर्घटनामा परेको छ । काठमाडौँबाट काकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९४२२ नम्बरको बस आफैं अनियन्त्रित भई सडकको रङसाइडमा गएर करिब २२ फिट तल धानखेतमा खस्दा यात्रुहरु घाइते भएका छन् । दुर्घटनापछि बस घटनास्थलमै रहेको र घटनास्थलमा ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई कटारी अस्पताल तथा १० जनालाई सिर्थौली अस्पतालमा उपचारका लागि पठाइएको छ । कटारी अस्पतालमा उपचाररत घाइतेमा काभ्रे धुलिखेल नगरपालिका–२ का २३ वर्षीय माधव न्यौपाने, झापा केरखा गाउँपालिका–३ का ३६ वर्षीय सन्दीप योङखानी, झापा दमक नगरपालिका–३ का ३६ वर्षीय मुन्ना अधिकारी, उनकी १९ वर्षीया छोरी सुसिला अधिकारी, तथा झापा दमक नगरपालिका–१ का ४८ वर्षीय दिनेश केसी खत्रि रहेका छन् । उनीहरूमध्ये मुन्ना अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

Advertisement

यस्तै, सिर्थौली अस्पतालमा उपचाररत घाइतेमा मोरङ सुन्दरहरैचा गाउँपालिका–८ का ४३ वर्षीय लोकबहादुर थापा, इलाम सूर्योदय नगरपालिका–१४ की २२ वर्षीया लिला भट्टराई, काठमाडौं महालक्ष्मी नगरपालिका–७ का ४५ वर्षीय खेमबहादुर बस्नेत, उनकी श्रीमती ४५ वर्षीया चन्द्रकला पोखरेल, १९ वर्षीया छोरी एन्जिला बस्नेत, १० वर्षीया छोरी अनिषा बस्नेत, काठमाडौं महानगरपालिका–३ की ४० वर्षीया पवित्रा राई, ताप्लेजुङ सिरिङ्वा गाउँपालिका–६ का ५८ वर्षीय गोपाल कडरिया तथा झापा बिर्तामोड नगरपालिका–२ की २३ वर्षीया सङ्गीता हेमरन रहेका छन् । घाइतेहरूमध्ये लोकबहादुर थापा, लिला भट्टराई, खेमबहादुर बस्नेत, चन्द्रकला पोखरेल, अनिषा बस्नेत, पवित्रा राई र सङ्गीता हेमरनको अवस्था मध्यम रहेको जनाइएको छ भने अन्यको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार दुर्घटनामा १७ जना सकुशल रहेका छन् भने गम्भीर जनहानि भने भएको छैन । बस अनियन्त्रित हुनुका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.