सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधीन महेन्द्रभ्याडी लिफ्ट सिंचाई योजनाको १०० केभी क्षमताको ट्रान्सफर्मर चोरी भएको छ। तीन वर्षदेखि निर्माणाधीन योजनामा प्रयोग गर्न जडान गरिएको ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार (क्वाइल) चोरी गरिएको हो। योजनामा हालसम्म ६५ लाख रुपैयाँ खर्च भइसकेको र ७५ प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष कमलकुमार राईले जानकारी दिएका छन्।
कात्तिक २० सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्रझ्याडी लिफ्ट सिंचाई योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ ।
बिगत तीन बर्षदेखि निर्माणाधिन उक्त योजनामा प्रयोग गर्नका लागि जडान गरेको १०० केभि ट्रान्सफर्मर मङ्गलबार राती चोरी भएको स्थानीयले बताएका छन् । बिद्युत जोड्न बाँकी रहेको उक्त ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार (क्वाईल) लिएर गएको सो वडाका अध्यक्ष कमलकुमार राईले जानकारी दिनुभयो ।
उक्त ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिको खोजी कार्य भई रहेको प्रहरी चौकी महेन्द्रझ्याडी जनाएको छ । चौकीका ईन्चार्ज (सई) राजनारायण साहले बस्ती भन्दा अलिपर जङ्गलमा उक्त ट्रान्सफर्मर जडान गरिएको र चोरी गर्नेको पहिचान नखुलेको बताउनुभयो ।
वडा अध्यक्ष राईका अनुसार चोरी भएको ट्रान्समिटर २०८२ सालमा सो ठाँउमा जडान गरिएको थियो । उक्त योजना निर्माणका हालम्म ६५ लाख रुपिया खर्च भई सकेको र योजना निर्माणको काम ७५ प्रतिशत पुरा भई सकेको छ । योजना निर्माणको काम यो बर्ष सक्ने लक्ष्य रहेकोमा बागमती प्रदेश सरकारले बजेट बिनियोजन नगरेको उहाँले जानकारी दिनुभयो ।
उक्त योजना सम्पन्न भएपछि मरिण खोलाको पानी लिफ्ट गरी हरिहरपुरगढी गाँउपालिका–४ मा महेन्द्रझ्याडी र भल्खाडामा गरी करिब ५५० बिघा जमिनमा बर्षैभरि सिंचाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।



