Click Chautari

सिन्धुलीमा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस उत्साहपूर्वक मनाइयो

सिन्धुलीमा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस उत्साहपूर्वक मनाइयो
Advertisement

मंसिर ३, सिन्धुली – सिन्धुली सदरमुकाममा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने अवसरमा प्रभातफेरी र र्यालीको आयोजना गरिएको थियो । कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान गरिएको थियो ।

सो कार्यक्रम सिन्धुली अपांग महिला संघ, सिन्धुली अपांग संघ, अपांग कल्याण संघ, बौद्धिक अपांग अभिभावक संघ, सिन्धुली बहिरा संघको आयोजनामा तथा कमलामाई नगरपालिका, प्लान नेपाल, ह्याण्डस् नेपाल र जनजाती समाज विकास कार्यक्रमको संयुक्त सहयोगमा सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रममा अपांगता भएका र समाजमा प्रेरणादायी भूमिका निर्वाह गर्दै आएका किरण श्रेष्ठ, टिनु तामाङको उदाहरणीय जोडी तथा सफल उद्यमी इच्छे सार्कीलाई विशेष सम्मान दिइएको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले भेदभाव नहुने गरी कानुनी व्यवस्थाको कार्यान्वयनमा सबैको योगदान आवश्यक रहेको बताएका थिए । साथै, उनले अपांगता, लिंग, वर्ण, जातका आधारमा हुने विभेद विरुद्ध सजग रहन र परिवर्तनका लागि व्यक्तिगतरूपमा प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले अपांगता भएका व्यक्तिहरुलाई हौसला बढाउन आवश्यक रहेको र “म अपांग छु, केही गर्न सक्दिन” भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए ।

सिन्धुली अपांग महिला संघकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) ले अपांगता भएका व्यक्तिहरुको आवाज अझै समाजमा ओझेलमा रहेको बताएर सरोकारवालाहरुले यस्तो कार्यक्रममा सहभागिता जनाउँदा खुशी लागेको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरु उपस्थित थिए ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.