Click Chautari

सिन्धुलीमा जेनजी आन्दोलन: सरकारी कार्यालय जलाउने–फोडफोड गर्ने १५ जना पक्राउ

सिन्धुलीमा जेनजी आन्दोलन: सरकारी कार्यालय जलाउने–फोडफोड गर्ने १५ जना पक्राउ
Advertisement

मंसिर २२ सिन्धुली । सिन्धुली जिल्लामा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय आगजनी र तोडफोडमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयलले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय र कमलामाई नगरपालिका वडा नं. ५ को कार्यालय आगजनी र तोडफोडमा संलग्न व्यक्तिको पहिचान गरेर पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको प्रहरी उपरिक्षक लालध्वज सुवेदीले जानकारी गराउनु भयो ।

Advertisement

उहाँले उक्त कार्यमा संलग्न थप १५ जनाको पहिचान गरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई सकेको र पक्राउका लागि उनीहरुको खोजी कार्य भई रहेको पनि सुनाउनुभयो । ‘उक्त तोडफोड र आगजनीलाई अनुसन्धान गर्ने सिलसिलामा सामाजिक सञ्जालमा आएका भिडियोको फुटेज, सरकारी कार्यालयमा भएका फुटेजहरु, व्यक्तिले दिएको फुटेजहरुलाई आधार मानी व्यक्तिको पहिचान गरिएको हो,’ प्रहरी उपरिक्षक सुवेदीले भन्नुभयो, ‘अहिले पहिलो चरणमा चार वटा कार्यालयको अनुसन्धान गरि रहेका छौं ।’

उक्त आगजनी, तोडफोड र लुटपाटमा प्रत्यक्ष संलग्न थप अन्य व्यक्तिहरुको पनि पहिचान गर्ने र उनीहरुलाई पनि कारबाहीका लागि कानुनी दायरमा ल्याउने काम भई रहेको उहाँले बताउनुभयो । पक्राउ गरेका व्यक्तिहरुलाई सिन्धुली जिल्ला अदालतबाट अपराधिक उपद्रो कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गरि रहेको पनि कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका–६ धुरा बजार निवासी २० बर्षिय सुजन साहा, सोही वडाको अनामनगर निवासी ३६ बर्षिय रत्नबहादुर श्रेष्ठ, कमलामाई नगरपालिका–५ निवासी ४७ बर्षिय फौद थापामगर, तीनपाटन गाँउपालिका–८ निवासी ११ निवासी २५ बर्षिय होमबहादुर लुङ्गेली, कमलामाई नगरपालिका–८ निवासी ३४ बर्षिय ओमबहादुर खत्री लगायत रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट सिन्धुली जिल्लामा सरकारी कार्यालय, पार्टी कार्यालयहरु र व्यक्तिको घर गरी करिब १२ करोड ६९ लाख रुपिया बराबरको क्षती भएको अनुमान गरिएको प्रहरी उपरिक्षक सुवेदीले स्पष्ट पार्नुभयो । उक्त आन्दोलनमा आन्दोलनमा आगजनी र तोडफोड गर्नेलाई कारबाहीको माग गरी सरकारी कार्यालयबाट जाहेरी आई रहेको र व्यक्तिको तर्फबाट अहिलेसम्म कुनै जाहेरी नआएको उहाँको भनाई छ ।

Advertisement

अन्य कार्यालयमा भईको क्षतीको अनुसन्धानको कार्य पनि भई रहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार उक्त आन्दोलनका क्रममा जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, कमलामाई नगरपालिका, करदाता सेवा कार्यालय, मालपाते कार्यालय, कारागार कार्यालय, कमलामाई नगरपालिका वडा नं. ४, ५, ६ को वडा कार्यालय, नेपाली काँग्रेस पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तथा विभिन्न व्यक्तिको नीजि भवनमा आगजनी र तोडफोडबाट क्षती भएको थियो ।

त्यस्तै उक्त आन्दोलनकै क्रममा आगजनी तथा तोडफोडबाट १५ वटा सरकारी तथा नीजि सबारी साधनमा क्षती पुगेको छ । चार पाङ्ग्रे नौ वटा र दुई पाङ्ग्रेतर्फ मोटरसाईकल पाँच वटा तथा स्कूटर एउटा आगजनी तथा तोडफोडबाट क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सरकारी कार्यालयहरु अझै मर्मत हुन सकेका छैनन् ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.