Click Chautari

सिन्धुलीमा स्वास्थ्य पहुँच विस्तारः बर्थिङ्ग सेन्टर बढेपछि घरमै सुत्केरी गराउने प्रचलन शून्यतर्फ

सिन्धुलीमा स्वास्थ्य पहुँच विस्तारः बर्थिङ्ग सेन्टर बढेपछि घरमै सुत्केरी गराउने प्रचलन शून्यतर्फ
Advertisement

मङ्सिर २६ सिन्धुली । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बर्थिङ् सेन्टर खुल्ने क्रम बढेसँगै घरमै बच्चा जन्माउने क्रम घट्दै गएका छन् ।

Advertisement

गाँउ–गाँउमा खुलेका बर्थिङ् सेन्टर(प्रसुती केन्द्र)ले सुरक्षित प्रसुती सेवा दिन थालेपछि गर्भवती महिलाहरु बच्चा जन्माउन उक्त सेन्टरमा धाउन थालेका स्थानीय बासिन्दा बताउछन् । प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर सहरी क्षेत्र र राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानु पर्ने गर्भवती महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको स्थानीयको भनाई छ ।

तीनपाटन गाँउपालिका–११ चकमके बिनिता दाहाल प्रसुती सेवा प्रभावकारी भएकै कारण पछिल्लो समयमा घरमै सुत्केरी गराउने प्रचलन बिस्तारै घट्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा केही बर्ष पहिलेसम्म गर्भवती महिलालाई सुत्केरी बेथा लाग्न सुरु गरेपछि रेलको टिकट खोज्न गाँउ पस्ने चलन रहेकोमा अहिले उक्त चलन पनि घट्दै गएको छ ।

उहाँले भन्नुभयो, ‘रेल छिटो कुद्ने भएकाले रेलको टिकट बोक्दा बच्चा छिटो पैदा हुन्छ भन्ने विश्वासले गर्भवती महिलालाई सुत्केरी बेथा लाग्न सुरु गरेपछि उक्त टिकट खोज्न गाँउ पस्थे । जस्ले गर्दा सुत्केरी महिला र बच्चा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्दथ्यो । अहिले उक्त चलन हट्दै गएको छ ।’

फिक्कल गाँउपालिका–५ का वडा अध्यक्ष बैकुण्ठलाल पहाडी उक्त वडामा अहिले होम डेलिभरी (घरमा बच्चा जन्माउने) शुन्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाँउमा रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालनसँगै होम डेलिभरी शुन्य भएको छ । गाँउमा भएका सबै गर्भवति महिला नियमति स्वास्थ्य जाँच गर्न र बच्चा जन्माउन स्वास्थ्य संस्थामा धाएको देखिन्छ ।’

Advertisement

पालिकाले नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलालाई प्रत्येक पटकको एक हजार रुपियाका दरले यातायात खर्च प्रोत्साहन स्वरुप पालिकाले उपलब्ध गराउदै आएको उहाँले जानकारी दिनुभयो ।

सुनकोसी गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक ओमप्रकास झा पनि उक्त पालिकामा पहिलेको तुलनामा घरमा बच्चा जन्माउने क्रम निकै घटेको सुनाउनु हुन्छ । उहाँले भन्नुभयो, ‘गाँउमा खुलेका बर्थिङ् सेन्टरमा दक्ष जनशक्ति र आश्यक उपकरणको व्यवस्था भएसँगै होम डेलिभरि घट्दै गएको छ । पालिकाले होम डेलिभरिलाई शुन्यमा झार्न स्थास्थ्य शिक्षा लगायत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।’

उक्त पालिकाको चार वटा स्वास्थ्य चौकीमा ठाँउमा बर्थिङ् सेन्टर सञ्चालन भई सकेको र यो बर्ष वडा नं. ७ स्थित मझुवाको स्वास्थ्य चौकीमा उक्त सेवा सञ्चालनका लागि भवन निर्माणको काम भई रहेको उहाँले जानकारी दिनुभयो ।

दुई नगरपालिका सहित नौ वटा स्थानीय तह रहेको यस जिल्लामा ४१ वटा स्वास्थ्य चौकीमा प्रसुती केन्द्र (बर्थिङ् सेन्टर) सञ्चालना रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार दुधौली नगरपालिकामा सात वटा, तिनपाटन गाँउपालिकामा सात वटा, फिक्कल गाँउपालिकामा छ वटा, सुनकोसी गाँउपालिकामा पाँच वटा, कमलामाई नगरपालिकामा चार वटा, गोलन्जोर गाँउपालिकामा तीन वटा, घ्याङ्लेख गाँउपालिकामा तीन वटा, हरिहरपुरगढी गाँउपालिकामा तीन वटा र मरिण गाँउपालिकामा तीन वटा स्वास्थ्य चौकीमा प्रसुती केन्द्र सञ्चालन हुदै आएको छ ।

जिल्लामा गत आर्थिक बर्ष ०८१÷०८२ मा सुत्केरी भएका एक हजार ८३९ जना गर्भवती महिला मध्ये एक हजार ६१८ जनाले स्वास्थ्य संस्थामा आएर बच्चाा जन्माएको कार्यालय प्रमुख बिमल पटेलले जानकारी दिनुभयो ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.