Click Chautari

सिन्धुली समाज अमेरिकाद्वारा कालापानीकी दिपा भुजेललाई रु. १ लाख २१ हजार ५५५ आर्थिक सहयोग

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३, कालापानी निवासी दिपा भुजेललाई सिन्धुली समाज अमेरिकाले रु. १ लाख २१ हजार ५५५ आर्थिक सहयोग प्रदान गरेको छ ।

Advertisement

बुधबार पत्रकार राधिका बुढाथोकीले भुजेलको घरमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । क्यान्सर रोगका कारण दुई वर्षअघि उपचारकै क्रममा भुजेलका पतिको निधन भएपछि परिवार गम्भीर आर्थिक तथा मानसिक संकटमा परेको थियो । पतिको उपचारमा भएको ठूलो खर्चले परिवारको जायजेथा सकिएपछि काखको सन्तानसहित भुजेल कठिन जीवनयापन गर्न बाध्य हुँदै आउनुभएको छ ।

Advertisement

सिन्धुली घर भई हाल रोजगारीका लागि अमेरिकामा रहेका विभिन्न सहयोगी हातहरूबाट संकलित रकम भुजेललाई प्रदान गरिएको हो । सहयोग संकलनमा पारू र उत्पल खड्काबाट १०१ अमेरिकी डलर, नविन भुजेलबाट १०१ डलर, सिपी पौडेलबाट १५१ डलर, राजेन्द्र सुनुवारबाट २०१ डलर, प्रकाश आचार्यबाट १५१ डलर, तोयानाथ भण्डारीबाट ५० डलर, अर्जुन काफ्लेबाट ५१ डलर तथा नाम नखुलाउने सर्तमा एक जनाबाट ५० डलर सहयोग प्राप्त भएको थियो । यसरी जम्मा ८५६ अमेरिकी डलर संकलन गरी नेपाली रुपैयाँमा रूपान्तरण गरेर सहयोग प्रदान गरिएको हो ।

प्राप्त सहयोग रकमले निर्माणाधीन अवस्थामा रहेको घर पूरा गर्ने भुजेलले बताउनुभयो । उहाँले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय सहयोगले पीडित परिवारलाई नयाँ आशा, आत्मबल र जीवनप्रति भरोसा जगाउने बताउनुभयो ।

सिन्धुली समाज अमेरिकाले विगतदेखि नै विपन्न, पीडित तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै निरन्तर मानवीय सहयोग गर्दै आएको छ । यस्ता पहलहरूले विदेशमा रहेका नेपालीहरूको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको संवेदनशीलता झल्काउने सरोकारवालाहरूले बताएका छन् ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.