Skip to main content

Click Chautari

मुख्यमन्त्रीलाई ट्राफिकद्वारा जरिवाना

धनगढी, असार १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले हेलमेट नलगाई मोटरसाइकल चलाएको अभियोगमा जरिवाना गरेको छ ।

मुख्यमन्त्री शाहले हेलमेटबिना मोटरसाइकल चलाइरहेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आवश्यक कारबाही अघि बढाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्य नेतृत्वको टोली मुख्यमन्त्री निवासमै पुगेर पाँच सय रुपैयाँ जरिवाना गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित कानुनअनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री शाहलाई पनि अन्य नागरिकसरह कानुनी दायराभित्र राखेर कारबाही गरिएको हो ।

घटनापछि सामाजिक सञ्जालमा कानुन सबैका लागि समान रूपमा लागू भएको भन्दै धेरैले ट्राफिक प्रहरीको कदमको प्रशंसा गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अझ बढी जिम्मेवारीका साथ कानुन पालना गर्नुपर्ने टिप्पणी गरेका छन्।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.